नागरिक अधिकारका लागि जनपरिचालन


प्रकाशित मिति :2016-12-21 16:06:38

महिला खबर

दोलखा । पूर्वमन्त्री एवं एमाले सांसद आनन्दप्रसाद पोखरेलले पुर्ननिर्माणमा महिला, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा भएको जनपरिचालन अभियानमा आफ्नो विचार राख्नेक्रममा पूर्व मन्त्री पोखरेलले अबको नव निर्माण महिला, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा आवाज नेपालकी सृजना कार्की, महिला अधिकारकर्मी कालिका पाठक लगायतले नव निर्माणका क्रममा महिला, बालबालिका तथा अपाङ्गको प्राथमिकतालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

जनपरिचालन अभियानको क्रममा दोलखामा कृयाशील बिभिन्न संघ संस्थाका प्रतिनिधिले नागरिक अधिकार तथा जवाफदेहीताको माग सहितका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: