बालिका बलात्कार गर्नेलाई दशवर्ष जेल


प्रकाशित मिति :2016-12-21 16:53:51

महिला खबर

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा  थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दश वर्ष जेल सजाय सुनाएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविसका चोङवाङबाट पीडित बालिकालाई  ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले चोङवाङलाई  बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
गएको असार २६ गते चोङवाङले आठ वर्षीया बालिकालाई फकाएर मकैबारीमा लगि जबर्जस्ती करणी गरेका थिए । बालिका रोएपछि  अभिभावकले फेला पारी सोधपुछ गर्दा बालिकाले भनेको बयानका आधारमा अभिभावकले प्रहरीमा उजुरी गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: