बहिनीहरूका मुद्दा भाइहरूले पनि बुझ्नुपर्छ


प्रकाशित मिति :2016-12-21 17:21:17

महिला खबर


काठमाडौं। राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक डा. किरण रुपाखेतीले किशोरीका समस्याबारे उनीहरूका दाजुभाई र पुरुष साथीलाई जानकारी भएमा मात्र उनीहरूलाई सहज हुने बताउनुभएको छ । नेपालको संविधान र अन्य कानुनमा किशोरीको लागि व्यवस्थाहरू विषयमा गरिएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले भोलीका आमा अर्थात आजका किशोरीले आफ्ना मुद्दाहरूमा पुरुषलाई पनि सहभागी गराउनुपर्ने बताउनुभयो ।

उहाँले दक्षिण एसियामा किशोरीको अवस्था सुर्धान शुरुमा आमाको अवस्था सुर्धानुपर्ने भन्दै महिलालाई शिक्षित बनाउनुपर्ने बताउनुभयो । उहाँले किशोरीहरू मात्र सहभागी उक्त कार्यक्रममा स्कुलका किशोरहरूलाई नल्याएको भन्दै गुनासो समेत गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता मीरा ढुंगानाले महिलालाई राज्यले दिएका सबै अधिकारहरू किशोरीका समेत भएको भन्दै संविधान र मुलुकी ऐनमा भएका कानुनी व्यवस्थाबारे कार्यपत्र पेश गर्नुभयो ।

कार्यक्रममा विकल्प ज्ञान तथा विकास केन्द्रकी निर्देशक स्टेला तामाङले नेपालमा कुल जनसंख्याको २४ प्रतिशत जनसंख्या किशोरकिशोरीको भएकोले उनीहरूको बारेमा राज्यले छुट्टै व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो उमेर समूहका जनसंख्या खासगरि किशोरीहरू कहिले बालबालिका त कहिले महिलाभित्र मिसिँदै हराइरहेका देखिन्छन्, उनीहरूलाई छुट्टै सम्बोधन गर्ने कानुन आवश्यक छ ।’ उहाँले बालविवाह, मानव ओसारपसार, बलात्कार र साइबर अपराधबारे उपस्थित किशोरीलाई जानकारी समेत गराउनुभएको थियो । कार्यक्रममा काठमाडौंका विभिन्न स्कुलबाट करिब १८० किशोरी सहभागी भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: