किशोरी कै सक्रियतामा तेह्र वटा बालविवाह रोकिए


प्रकाशित मिति :2016-12-21 17:12:03

महिला खबर

बैतडी । किशोरीको सक्रियतामा बैतडीमा १३ वटा बालविवाह रोकिएका छन् । महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका महिला विकास अधिकृत अनिता बुढा ऐरकाअनुसार वैशाखदेखि अहिलेसम्म जिल्लामा १३ वटा बालविवाह रोकिएका छन् ।

बैतडीमा बालविवाह दर बढी हुने गरे पनि पछिल्लो समय रोकथामका लागि थुप्रै पहल हुन थालेको उहाँले बताउनुभयो । बालविवाह न्यूनीकरण गर्न बैतडीका  १६ गाविसमा किशोरी वृत्त गठन गरिएको छ ।

ती वृतको सक्रियताले वाल विवाह हुने दरमा न्यूनिकरण भएपनि पूर्ण रुपमा भने नियन्त्रण गर्न नसकिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

बालविवाह परम्परागत चलन भएकाले एकाएक नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको र  बालबालिका नै लहलहैमा लागेर विवाह गर्न थालेपछि झन् अप्ठेरो भएको  अधिकृत शाहीको भनाई छ । छोरीहरूको सङ्ख्या बढी भएको, आर्थिक अवस्था कमजोर भएको र दलित परिवारमा बालविवाह बढी हुने गरेको पाइएको  उहाँले बताउनुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: