संविधान संशोधनको विरोधमा महिला सडकमा


प्रकाशित मिति :2016-12-22 10:54:22

महिला खबर

नवलपरासीमा निकालिएको र्‍याली

नवलपरासी । पाँच नम्बर प्रदेश टुक्र्याउने गरी ल्याईएको संविधान संसोधन प्रस्तावको विरोधमा आन्दोलनमा रहेको संयुक्त संर्घष समितिको आह्वानमा बुधवार नवलपरासीका विभिन्न स्थानमा महिलाले बृहत जुलुस प्रर्दशन गरेका छन् । जिल्लाको सुनवल, भुमही, बर्दघाटलगायतका स्थानमा महिलाहरूले पाँच नम्बर प्रदेश टुक्र्याउन पाईदैन भन्दै राष्ट्रिय झन्डासहित प्रर्दशन गरेका हुन ।

सुनवलमा निकालिएको र्यालीले सुनवल नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । अनेमसंघ सुनवल नगर अध्यक्ष मिना भुसालको अध्यक्षता तथा एमाले परासी जिल्ला संगठन कमिटिका सहसंयोजक थानप्रसाद गैरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अनेमसंघकी केन्द्रीय सदस्य विमला अर्याल, जिल्ला उपाध्यक्ष रिंगला यादव, पार्टीका जिल्ला सदस्य लक्ष्मी क्षेत्री, सुनवल नगर अध्यक्ष ओम पुन, क्षेत्रीय सदस्य तारा आर्चाय, राष्ट्रिय जनमोर्चाका धनपति सापकोटालगायतले सम्बोधन गरेका थिए ।

यस्तै भुमहीमा र्यालीपछि अनेमसंघ जिल्ला सदस्य राधिका सुवेदीको अध्यक्षतामा भएको कोण सभामा एमाले जिल्ला सदस्य सरस्वती सुवेदी, क्षेत्रीय सचिव कृष्ण देवकोटा, रामनगर कमिटी सचिव उपेन्द्रमान प्रधान, हेमकुमारी पौडेल, दिपा ढकाल, सवित्रा लामिछाने लगायतले सम्बोधन गर्दै पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी आएको संशोधन प्रस्ताव नसच्याईए जस्तो सुकै आन्दोलन गर्न परेपनि पछि नहट्ने बताएका थिए ।

यस्तै बर्दघाटमा पनि महिलाहरूको बृहत प्रर्दशन भएको छ । एमाले बर्दघाट विशेष कमिटीकी उपसचिव गौमाया आरसीको अध्यक्षतामा भएको सो कोण सभामा जिल्ला सदस्य सरिता खनाल, क्षेत्रीय सदस्य दया दर्लामी, अनेमसंघ बर्दघाट अध्यक्ष कमला सुवेदी, नेपाल सद्भावना पार्टीकी गौमाया गिरीलगायतले संसोधन तत्काल फिर्ता लिन माग गरेका थिए ।

कपिलवस्तुमा निकालिएको र्‍याली

यसैगरि संविधान संसोधन प्रस्तावको विरोधमा कपिलवस्तुका महिलाले पनि थाल ठटाउदै सडकमा प्रर्दशन गरे । सयौं महिलाले कपिलवस्तुको पुर्व पश्चिम राजमार्गमा सडक प्रर्दशन गरेका हुन् । हिमाल पहाड तराई कोही छैन पराई, देश विखण्डन गर्ने सरकार सावधान जस्ता नारा लगाएका थिए । र्‍यालीमा स्वतस्र्फुत रुपमा महिला सहभागी थिए । आदिवासी , जनजाती , मधेशी , थारु , मुस्लिम , व्राहमण , दलित सवै जातजातिका महिलाको र्याली पिपरा पुगी कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै नेकपा एमालेका पुर्व सभाषद् शान्तिदेवी चमारले राष्ट्रिय आन्दोलनलाई सफल पार्नु महिलाको कर्तव्य रहेको वताइन् । २०६२ / ६३ को आन्दोलनलाई सफल पार्न महिलाको अथक प्रयास रहेको चर्चा गर्दै जुनसुकै हालतमा पनि महिलाहरुले यो आन्दोलन सफल वनाउने प्रष्टयाइन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: