महिला खबर
चितवन । नयाँ शक्ती पार्टी निकट महिला शक्ती नेपालको पहिलो राष्ट्रिय भेला शुक्रवारदेखि चितवनमा हुने भएको छ । समानुपातिक समावेशितासहित अर्थपुर्ण सहभागिता महिला शक्ति नेपालको नयाँ कार्य दिशा भन्ने नारासहित हुन लागेको भेलालाई नयाँ शक्ती पार्टीका केन्द्रिय संयोजक बाबुराम भटट्राईले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधवार चितवनमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।
विभिन्न सात विषयमा भेलाले निर्णय लिने महिला शक्ती नेपालकी केन्द्रिय संयोजक कल्पना धमलाले जानकारी दिनुभयो । भेलाले विभिन्न पेशामा आवद्ध महिलालाई एकताबद्ध गर्न महिला महासंघ स्थापना गर्ने, महिला सम्वन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौता कार्यान्वयन गराउन केन्द्रित रहने, एक कार्यकारी पद दुई कार्यकालको संगठनात्मक संरचना भेलामा निर्धारण गरिने जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो । भेलामा देशभरिका ५ सय भन्दा बढी महिला प्रतिनिधिको सहभागिता रहने छ।
Comment Here!