आङ खस्ने समस्यामा दोलखाली महिला


प्रकाशित मिति :2016-12-22 11:34:39

सर्मिला बुढाथोकी
दोलखा । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लामा आङ (पाठेघर) खस्ने समस्या बढ्दै गएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/ ०७३ मा विभिन्न गाविसमा गरिएको पाठेघर जाँच शिविरमा चौथो तहको पाठेघर खसेका ११ जना तथा पहिलो, दोस्रो तथा तेस्रो तहको पाठेघर खसेका १५ जना महिला उपचारका लागि आएका थिए ।

शिविरमा दिसा नली खसेको चारजना, पिसाव थैली खसेका सात जना र पाठेघरको मुखको संक्रमण भएका ३२ जना विरामी भेटिएको पब्लिक हेल्थ नर्स सिर्जना लिंथेपले जानकारी दिनुभयो ।

कम उमेरमा विवाह गर्नु, धेरै बच्चा जन्माउनु, जन्मानान्तर नहुनु, सुत्केरी हुँदा आराम नगरी गह्रौं भारी उचाल्नुलगायतका कारणले जिल्लाका धेरै महिलामा पाठेघर खस्ने समस्या देखिएको पब्लिक हेल्थ नर्स लिंथेपको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दोलखाले आर्थिक वर्ष ०७२/०७३ मा सिंगटी, किर्ने, जिरी, काब्रे, चरिकोट, सुन्द्रावती, लाकुरीडाँडा र भेड्पुमा रहेका स्वास्थ्य संस्थामा पाठेघर स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । शिविरमा कुल ४ सय ८६ जना महिलाले स्वास्थ्य परिक्षण गराएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: