छाउपडीविरुद्ध धामी झाँक्रीलाई सवैभन्दा पहिला चेतना दिऊँ


प्रकाशित मिति :2016-12-22 12:01:41

धामी, झाँक्रीले कसैको घरमा भैँसी वा मान्छे विरामी भएमा छाउ भएकी महिलाले छोएर हो भनिदिन्छन्, त्यसले गर्दा घरका अभिभावकले फेरी महिलालाई देउता रिसाए भन्दै छाउ गोठमा बस्न पठाउँछन् ।

खेमा बस्नेत


ललितपुर । महिनावारी (छाउ) भएको बेलामा धारो, विद्यालय,शौचालय प्रयोग र प्रवेश बन्देज गरिन्छ । धार्मिक आस्थासँग जोडिएकाले यसको अन्त्य निकै चूनौतिपूर्ण रहेको जिल्ला विकास समिति अछामका स्थानिय विकास अधिकारी तोयनारायण सुवेदी बताउनुहुन्छ ।

‘पोषणयुक्त खाने कुरा दुध, दही घ्यू आदि खानवाट बन्चित गरिन्छ किनभने भगवान रिसाए भने घरमा अनिष्ट हुन्छ भन्ने सोचले समाजमा जरो गाडेको छ’ उहाँ भन्नुहुन्छ ।

‘छाउपडी प्रथालाई हटाउन हामीलाई चूनौति छ, प्रयास जारी छ, तर यहाँका जनताले छाउपडी प्रथालाई धर्म र संस्कृतिसँग जोडेकाले देउताको डरले छाउगोठमा जान बाध्य पारिन्छ महिलालाई ।’ स्थानिय विकास अधिकारी सुवेदीले भन्नुभयो ।

अछाममा धेरै अभिभावक तथा धामी, झाँक्रीलाई यो प्रथालाई हटाउनुपर्छ भनी गरिएका चेतनामुलक कार्यक्रममा गर्दैनौं भनेर छापसही गरेपनि व्यवहारमा भने नदेखिएको उहाँ वताउनुहुन्छ ।

‘धामी, झाँक्रीले छाउपडी प्रथा हटाउन मद्दत गर्छु भन्छन्, तर कसैको घरमा भैँसी वा मान्छे विरामी भएमा छाउ भएकी महिलाले छोएर हो भनिदिन्छन्, त्यसले गर्दा घरका अभिभावकले फेरी महिलालाई देउता रिसाए भन्दै छाउ गोठमा बस्न भन्छन् । ’

स्थानिय विकास अधिकारी सुवेदीले यसलाई कसरी निर्मुल पार्न सकिन्छ भनी विभिन्न रणनितिक अवधारणबारे छलफल गरिरहेको जानकारी पनि दिनुभयो । उहाँले छाउपडी गोठ नभत्काउनेलाई समाजिक सुरक्षा भत्ता नदिने की भन्ने कुरामा समेत छलफल भएको वताउनुभयो । छाउपडीलाई धार्मिक सोचवाट हटाएर गाउँले सबै यो अभियानमा लागेमामात्र निर्मुल हुनसक्ने उहाँको भनाइ छ ।

अन्तरपार्टी महिला सञ्जालकी अछामकी अध्यक्ष सरस्वती रावलले देवीदेउता मान्ने भएकाले छाउपडी प्रथा हटाउन नसकेको स्वीकार्नुहुन्छ । ‘धर्मसंस्कृति पररम्परागत रुपमा देवीदेवता धेरै मान्छन्, धर्मका रुपमा ग्रहण गरेकाले छाउभएकी महिलाले छोएमा देउता रिसाएर मान्छे मर्छ, घर भत्कन्छ भन्ने सोच छ , त्यसैले यो प्रथालाई अभियान चलाउने वित्तिकै हटाउन सकिँदैन’ उहाँ भन्नुहुन्छ ।

अध्यक्ष रावल छाउपडी कुप्रथालाई निर्मुल पार्न सुदूर तथा मध्यपश्चिमका लागि कानुन बन्नुपर्ने वताउनुहुन्छ । ‘छाउ भएकी महिलालाई छाउपडी गोठमा बस्न पठाउने अभिभावकका लागि कानुन बन्नुपर्छ र उनीहरूलाई कानुनी कारवाही हुनुपर्दछ,शैक्षिक संस्थामा छात्रालाई महिनावारी सम्बन्धि अलग कक्षा दिनु आवश्यक छ’ उहाँको सुझाव छ । अछाममा विभिन्न सरकारी तथा गैरसरकारी सघंसस्थावाट छाउपडी सम्बन्धि चेतनामुलक कार्यक्रम भएपनि यस्ता कार्यक्रम दिगो नहुँदा र धार्मिक आस्था गहिरोसँग गडेको कारण हट्न नसेको अधिकारकर्मीहरू वताउँछन् ।

अधिकारकर्मी राधा पौडेल नेपालमा छाउपडी प्रथा हटाउन कामै नभएको वताउनुहुन्छ । छाउपडी प्रथाविरुद्ध काम गर्ने अधिकारकर्मी, स्वास्थ्यकर्मी, शिक्षकले आफै घरमा छाउपडी मानिरहेकाले पनि हट्न नसकेको उहाँको ठहर छ ।
‘समुदायका व्यक्तिको नेतृत्वमा यो अभियान सुरु गरेमा दिगो हुने उहाँको सुझाव छ । यस अभियानमा महिला,पुरुष,धामी,झाँक्री लागेमा निर्मुल पार्ने सकिन्छ’ अधिकारकर्मी पौडेल भन्नुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: