बालबालिकाको हितमा दश बुंदे घोषणापत्र जारी


प्रकाशित मिति :2016-12-22 14:28:50

महिला खबर

सुनसरी । हिंसा, विभेद, शोषण र जोखिममा रहेका बालबालिकाको बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि नौ बुँदे विराटनगर घोषणापत्र जारी गरिएको छ । प्रदेश नं १ मा रहेका १४ जिल्लाका प्रमुुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सरकारी वकिल तथा वालकल्याण समितिका प्रमुुखहरुले घोषणापत्र जारी गर्दै बालविवाह र बालयौन शोषण रोक्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सरकारी निकायहरुबिच बाल अधिकारको सम्मान र संरक्षणका लागि समन्वय गर्दे सहकार्य गर्ने उदेश्यले घोषणा पत्र जारी गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

उक्त घोषणा पत्रमा बालविवाह, बालयौनशोषण र बालबालिका प्रतिको दुव्र्यवहार, बालश्रम, सडक बालबालिका, राजनैतिक क्रियाकलाप लगायत कुनै पनि बहानामा हुने बालबालिकाको प्रयोग, सीमानामा सामान ओसार पसार कार्यमा बालबालिकाको प्रयोग, अनुशासनका नाममा बालबालिकालाई दिइने सजायँ, अभिभावक विहिन, पारिवारिक जोखिममा रहेका बालबालिका लगायतका बालसंरक्षण सम्बन्धी सरोकारका विषयहरुलाई नियन्त्रण, न्यूनीकरण तथा व्यवस्थापन गर्ने विषयहरु रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: