संगठनले जागरुक बन्दै बाजुराका किशोरी


प्रकाशित मिति :2016-12-23 11:33:56

प्रकाश सिंह

समाजमा भइरहेका विभिन्नखाले हिंसालाई फोटो मार्फत जानकारी गराउँदै बह्रमतोला गाविसका किशोरीहरु ।

बाजुरा । जिल्लास्थित बह्रमतोला गाविस–५ की किशोरी ममता नेपालीलाई केहिदिन पहिले स्वास्थ्य समस्या भयो तर, उनले घरमा आमा र बुवालाई त्यसबारे भन्न सकिनन् । आफ्नो स्वास्थ्य समस्या लुकाउन हुँदैन भन्ने थाहा पाएकी ममताले त्यसपछि किशोरी समुहमा आवद्ध साथीहरुमाझ आफना कुरा राखिन् । साथीहरुले उनलाई स्वास्थ्य चौकीमा गएर उपचार गर्न सल्लाह दिएपछि, उनले त्यसै गरिन् । उनको समस्या पनि समाधान भयो ।

ममता जस्ता किशोरीहरु नै संगठित गाविस स्तरीय किशोरी समुह र वडा स्तरीय साथी सहयोग समुहले आफ्ना उमेरका किशोरीहरुलाई विभिन्न खाले समस्या र हिंसा विरुद्ध लड्न एकजुट बनाउन थालेका छन् । किशोरीहरुका विभिन्न खाले समस्या समाधानका लागि छलफल चलाउने र खासगरी हिंसाबाट पिडित किशोरीहरुलाई न्याय दिने उदेश्यले किशोरी समुह सक्रिय भइरहेको समुहकी सदस्य संगिता थापाले बताउनुभयो । उनको समुहमा १३ देखी १८ वर्षका किशोरीहरु रहेका छन् ।

शारिरिक र मानसिक थुप्रै खालका परिवर्तन आउने उमेर भएकोले किशोरीका समस्याहरु समुह साथीहरुमाझ छलफल गर्दा सहज भइरहेको थापाको अनुभव छ । ‘हाम्रो उमेरका साथीहरुलाई विभिन्न खाले समस्या भइरहेको हुन्छ । हामीले अहिले खासगरि महिनावारी भएको बेला आईपर्ने विभिन्न खाले समस्या समाधान गर्न सफल भइरहेका छौं,’ थापाले बताउनुभयो ।

विभिन्न खाले हिंसाबाट पीडित किशोरीहरुले आफ्ना अभिभावकलाई भन्न नसकेका कुरा पनि समुहमा खुलेर बताउन थालेको थापाको भनाई छ । उनका अनुसार शिक्षा, स्वास्थ्य, संरक्षण लगायत विभिन्न कारणले पछाडि परेका किशोरीलाई अगाडि ल्याउनका लागि किशोरीहरु सक्रिय भइरहेका छन् ।

किशोरीहरु मासिक रुपमा भेला भएर यस्ता छलफलका कार्यक्रम गर्दछन् । यस्ता छलफलबाट उनीहरुले सामाजिक हिंसाका विरुद्ध चेतना फैलाउने, बालवालिका माथि हुने हिंसा, सामाजिक विभेद, छाउपडि प्रथा, प्रजनन शिक्षा लगायतका सवालमा र््याली, घरदैलो कार्यक्रम, सडक नाटक, गोष्ठी लगायत सञ्चालन गरिरहेको पिसवीन बाजुराकी प्रतिनिधी अन्जु भट्टराईले बताउनुभयो ।

किशोरी समुहले छोरा र छोरीमा विभेद गर्न नहुने, महिनावारीका बेला विद्यालय जानबाट बञ्चित गर्न नहुने जस्ता सन्देश पनि फैलाइरहेका छन् । पछिल्लो समय किशोरीहरुको सक्रियता निकै बढेको र उनीहरु आफ्ना मुद्धामा आफैं पैरवी गर्न सक्षम भएको गाविसका लेखा सहायक बसन्त थापाले बताउनुभयो ।

बाल अधिकार, महिला अधिकार, सरसफाई, कुपोषणका बारेमा समेत किशोरीहरुले चेतना फैलाइरहेको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत वाले विश्वकर्माले बताउनुभयो । बह्रमतोलाका किशारीहरुले थालेको अभियान जिल्लाकै लागि उदाहरणीय भएको उहाँको दावी छ । उहाँका अनुसार त्यहाँका किशोरीहरुले गरेको सिको जिल्लाका अरु गाविसका किशोरीहरुले पनि गर्न थालेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: