नीतिनियम र बजेट अनुसार महिला हिंसा नियन्त्रण भएनः मुख्य सचिव


प्रकाशित मिति :2016-12-23 13:15:43

महिला खबर

विभेद अन्त्य गर्ने कानुन निकै राम्रा भएपनि

ललितपुर । नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले महिला सशक्तिकरणका लागि आएका कानुन र खर्च भएको बजेट अनुसार परिणाम आउन नसकेको बताउनुभएको छ । महिलामाथि हुने हिंसा न्यूनिकरणः राज्यको दायित्व र जिम्मेवारी सम्बन्धि कार्यढाँचा (due diligence Framework) विषयक कार्याशालामा बोल्दै मुख्यसचिव सुवेदीले संविधान, नीति, नियम, कानुन, बजेट सवैले लैंगिक हिंसा न्यूनिकरणलाई सम्बोधन गरेपनि लक्ष्य अनुसार परिणाम आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कानुन कार्यान्वयन गर्न जिम्मेवार हुनुपर्छ, ड्यूटी विना अधिकार पाईंदैन ।’ उहाँले यो फ्रेमवर्क अनुसनर काम भइरहे पनि जिम्मेवार निकाय, जवाफदेहीता र स्रोतका बारेमा विस्तृत कार्ययोजना आवश्यक रहेको औंल्याउनुभयो । उहाँले थप्नुभयो ‘शुसासन भएमा यो कार्यान्वयन गर्न समस्या हुँदैन ।’

उहाँले लैंगिक हिंसाविरुद्धका कार्यक्रमहरूलाई स्थानीयकरण गर्न अति जरुरी रहेकामा जोड दिनुभयो । भन्नुभयो ‘स्थानीय निकाय हाम्रो तागत हो, यस्ता कार्यक्रमहरू त्यहाँ पुर्‍याउनुपर्छ ।’ नयाँ संरचनाअनुसार बन्ने स्थानीय तहमा महिलामाथि हिंसा हुने सवैभन्दा जोखिमपूर्ण ठाउँको पहिचान गरी काम गर्न सके परिणाममुखि हुनेमा उहाँले जोड दिनुभयो । ‘कार्यक्रम जति राम्रा भएपनि सेवाग्राहीसम्म ती पुग्न सकेको छैनन्, सेवा दिने कुरा धेरै भयो, तर सेवाग्राहीले सेवा पाएका छैनन्’ उहाँको तर्क थियो ।

कार्यशालामा बोल्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव विष्णु लम्सालले महिलामाथि हुने हिंसा नियन्त्रणका लागि कार्यक्रमहरू भएपनि यसमा कमी नआएको बताउनु भयो । तर महिलामा चेतना बढेका कारण हिंसाका घटना बाहिर आउने क्रम बढ्नु सकारात्मक भएको उहाँको टिप्पणी थियो । कार्यक्रम महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र ओरेक नेपालले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: