सचिव पदमा यामकुमारी सिफारिस


प्रकाशित मिति :2016-12-23 15:05:20

महिला खबर


काठमाडौं। निकै लामो समयपछि सचिव बढुवामा एकजना महिलाको नाम शिफारिस भएको छ । एकजना सचिव पदका लागि सामान्य प्रशासन मन्त्रालयको बढुवा समितीको सचिवालयले विहीबार उद्योग मन्त्रालयका प्रवक्ता तथा औद्योगिक प्रर्वद्धन महाशाखाका प्रमुख यामकुमारी खतिवडालाई सचिवमा सिफारिस गरेको हो । मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले खतिवडासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख बेगेन्द्रराज शर्मा पौडेल र भन्सार महानिर्देशक शिशिर कुमार ढुंगानालाई सचिवमा सिफारिस गरिएको जानकारी दिनुभयो ।

हाल निजामति सेवामा विशिष्ट श्रेणीमा एकजना पनि महिला छैनन् । सिफारिसमा परेकी खतिवडा रोलक्रमले तेस्रो नम्बरमा हुनुहुन्छ । तेस्रो नम्बरमा परेपनि नियुक्ति भएका पछिल्ला नजिरहरूले उहाँलाई प्रवल दाबेदार बनाएको छ । तर, महिला भएकाले प्राथमिकता पाउने वा महिला भएकैले उहाँको नियुक्ति नहुने दुवै सम्भावना बलियो देखिएका छन् । ०६९ सालमा महिला सचिव वृन्दा हाडा सेवा निवृत्त भएपछि उक्त पदमा महिलाको नियुक्ति हुन सकेको छैन ।

खतिवडाले सरकारी सेवामा झण्डै २२ वर्ष बिताउनुभएको छ । उहाँ ०५१ सालमा संसद सचिवालयमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । ०५६ सालमा उपसचिवमा बढुवा हुनुभएका खतिवडा त्यसपछि प्रशासन सेवामै हुनुहुन्छ । ०६५ सालमा सहसचिवमा बढुवा हुनुभएका खतिवडा सचिवमा नियुक्त हुँदा महिलाबाट तेस्राे सचिव बन्नुहुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: