बेचविखनको जोखिममा रहेका साठीजना किशोरीको उद्धार


प्रकाशित मिति :2016-12-23 16:44:01

महिला खबर

काठमाडौं । एकवर्षको अवधिमा वैदेशिक रोजगारीका बहानामा बाह्य बेचबिखनको जोखिममा रहेका ६० जना किशोरीलाई उद्धार गरिएको विश्वास नेपालले जनाएको  छ । एकवर्षको गतिविधि सार्वजनिक गर्ने उद्देश्यले  आयोजित कार्यक्रममा  उक्त संस्थाकी  अध्यक्ष तारा भण्डारीले नयाँ बसपार्क तथा त्यस क्षेत्रका रेष्टुरेन्टबाट १८ वर्ष भन्दा कम उमेरका बालिका फेला परेको जानकारी दिनुभयो ।

मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टका रुपमा डान्स, दोहरीसाँझ, क्याबिन रेष्टुरेन्टलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकाले यसमा सरकारको निगरानी बढाउनपुर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको सो संस्थाको अध्ययनले देखाएको छ । उद्धार गरिएका बालबालिकालाई प्रहरीको सहयोगमा विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालिमको व्यवस्था गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: