कसरी जुटाउने कार्यस्थलमा हुने यौन दुव्यर्वहारको प्रमाण ?


प्रमाणकाे अभावमा सहन बाध्य

प्रकाशित मिति :2016-12-25 11:57:50

कार्यालयमा कर्मचारी वा उच्च पदस्थबाट दुर्व्यवहार बढेपनि सजिलो तरिकाले प्रमाण नभेटिने र न्यायीक कठिनाइले पीडितले घटना सजिलै बाहिर ल्याउन सकिरहेका छैनन्।

खेमा बस्नेत

कैलाली। बेरोजगार रहेकी कैलालीकी शान्ति बोहरा नाम परिवर्तनले एक निजी कम्पनीमा काम पाउँदा निकै खुशी थिइन्। घरायसी आर्थिक समस्या बेरोजगार बस्दाको दिक्दारीबाट मुक्त हुने आशा उनको थियो। तर, काम पाउँदाकोे खुशी भने धेरैदिन टिक्न सकेन। कमजोर आर्थिक अवस्थाका कारण काम गर्नुपर्ने आवश्यकता भएपनि विचमै छोड्नपर्नेु बाध्यता आइलाग्यो।

कार्यस्थलमा मालिकबाटै बारम्बार यौनजन्य दुर्व्यहार हुनथालेपछि उनले काम नै छोड्नुपर्ने बाध्यता भएको हो। ‘इच्छा विपरित जिस्किने, गिज्याउने, ठट्टा गर्ने वा यौन अनुभूति जगाउने जस्ता हर्कत देखाउन थाले’ पटक पटक यस्तो व्यहार हुनथालेपछि मैले काम गर्न सकिनँ’ शान्तीले भनिन्।

यौनजन्य दुर्व्यवहार निवारण ऐन–२०७१ अनुसार कार्यस्थलमा यौन दुर्व्यवहार गर्ने गराउने जुनसुकै क्रियाकलापलाई कसुर मानेको छ।
हाकिमको यौन दुर्व्यहार सहन शान्ति राजी नभएपछि उनलाई विभिन्न वाहनामा जागिरबाट निस्कन दवाव पर्न थाल्यो। अन्ततः मालिकलाई खुशी पार्न नसक्दा जागिरबाट बाहिरिनु पर्यो। ‘सरले मसँग कुरा गर्दा अस्वभाविक तवरले मेरो वक्षस्थलमा नजर लगाउन थाले। मलाई नराम्रो महशुस हुने व्यवहार गरे’ शान्तिले दोहोर्‍याइन् ‘ मैले त्यसो नगर्न समेत भने तर, ममाथि पटक पटक दुर्व्यवहार हुन थालेपछि काम छोडें।’

त्यस्तै समस्या रेखा रानाले पनि सामना गर्नुपरेको बताउँछिन्। पत्रकारिता पेशामा कार्यरत रेखाले सहकर्मीहरूबाटै यौन हिंसाको सामना गर्नुपरेको बताइन्। ‘मैले पटकपटक दुर्व्यवहारको महशुस गरेकी छु’ उनले भनिन् …म समाचार पढ्न प्रत्यक्ष प्रसारणमा हुँदा समेत प्राविधिकले ममाथि गलत नजर लगाउँछन्।’

एक आपसमा कुरा गर्दा सहकर्मीहरू छातीमा हेरर कुरा गर्ने गरेको उनको अनुभव छ। साथीहरूले त्यस्तो व्यहार गर्दा आफूलाई नराम्रो महसुश हुने गरेपनि प्रतिवाद गर्न नसकिएको उनले बताइन् ।

‘कार्यस्थलमा अश्लिल शब्दको प्रयोग गर्ने, जिस्काउने र गलत आचरण देखाउँने जस्ता प्रवृति बढ्दै गएको छ’ उनले भनिन् …यस्तो वातावरणले हामीलाई हौसला भन्दा निराशा बढाएको छ। यसो भइरहदा पनि काम गर्नुपर्र्ने बाध्यता छ।’
अस्मिताका हाकिमले उनलाई लोभ्याउन धेरै कोसिश गरे। आफूलाई खुशी पारे काममा सहज हुने र राम्रो र बढी पारिश्रमिक दिने लोभ समेत देखाए।

पारिवारीक समस्याले कामको खोजीमा एक नीजि कम्पनीमा जागिर गर्न थालेकी अस्मिताले काम सुरु गरेको केही दिनबाटै आफूभन्दा बरिष्ठ कर्मचारीबाट दुर्व्यवहार भोग्न थालेको बताउँछिन् । ‘काम गर्दै जाँदा केही दिनमै कार्यालयका कमर्मचारीबाट दुर्व्यवहार हुन थाल्यो। यस अघि यस्तो व्यवहार कसैबाट नभएको हुँदा निकै अप्ठेरो महशुस भयो’ उनले भनिन् …हाकिमले कहिले चिया त कहिले नास्ताको बाहनामा बोलाएर जिस्किएर कुरा गर्न थाले।’

‘अफिसमा मात्रै होइन, पछि त हाकिम साहेब कार्यालय समय पछि पनि पछ्याउन थालेको उनले बताइन् । हुँदाहुँदा राती फोन गर्ने र आफ्नो इच्छा विपरित चिया नास्ता खान वा भेट्न दवाव दिन थाले’ उनी थप्छिन्। विपन्नताको समस्याले धेरै समय उनी सहेरै बसिन्। तर, दिनप्रतिदिन हाकिमको व्यवहारले सीमा नाध्दै गयो। यहाँसम्मकी सार्वजनिक ठाउँमा समेेत होच्याएर बोलाउँन थाले।

‘म उसको कुराममा सहमत नभएपछि जागिरवाट निकाल्ने त कहिले तलब आधा दिने धम्की आउन थाल्यो। करिब एक वर्षसम्म दुर्व्यवहार भोग्दा पनि सुधार नभएपछि जागिर छोडे‍ं’ उनले भनिन्।विद्यालय तथा सार्वजनिक ठाउँमा समेत असभ्य व्यवहार बढेका छन्। विद्यालयमा शिक्षक तथा सहपाठीबाटै छात्रा असुरक्षित भएको कैलालीकी निर्मला बताउँछिन्।

धनगढीको एक स्कूलमा कक्षा ४ मा अध्ययनरत आफ्नी छोेरी शिक्षकको व्यवहारको कारण नियमित विद्यालय जान नमान्ने गरेको उनले बताइन्।’स्कूलमा सरले गाला चिमोट्ने, शरीर सुमसुम्याउने गर्दा रहेछन्, त्यसैगरी साथीहरूले पनि जिस्क्याउने संवेदनशील अंग छुने जस्ता यौन दुर्व्यहार गर्दा छोरी स्कूल जान डराउँछे, विभिन्न वाहना बनाएर स्कुल जान्न भन्छे,’ निर्मलाले बताइन्।

उल्लेखित घटना कार्यस्थलमा हुने यौन दुर्व्यवहारका प्रतिनिधिमुलक दुराचरण हुन्। कार्यालयमा कार्यरत कर्मचारीमाथि अर्को कर्मचारी वा उच्च पदस्थबाट दुर्व्यहार बढेपनि सजिलो तरिकाले प्रमाण नभेटिने र न्यायीक कठिनाइले पीडितले घटना सजिलै बाहिर ल्याउन सकिरहेका छैनन्।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई निवारण गर्न बनेको ऐन–२०७१ अनुसार विद्यालय, कलेजलगायत शैक्षिक स्थल, अध्ययन अनुसन्धान गर्ने ठाउँ, कृषिजन्य काम गर्ने खेतबारी, निर्माण क्षेत्रसमेत कार्यस्थलमा पर्छन्। यी कार्यस्थलमा आफूसँगै काम गर्ने महिला वा किशोरीहरूसँग उनीहरूको इच्छा विपरित जिस्किने, गिज्याउने, ठट्टा गर्ने वा यौन अनुभूति जगाउने कुनै पनि हर्कत देखाउन वा गर्न पाइँदैन।
यौनजन्य आशयले जिस्काएमा, हेरेमा, सोही प्रकारको प्रस्ताव राखेमा, पत्रिकामा यौनजन्य चित्र, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्रीको प्रयोग वा प्रदर्शन गरेमा कानुनी दृष्टिकोणबाट यौन दुर्व्यवहार हुन्।

सार्वजनिक यातायात, सडक, व्यापार, घरेलु श्रम, पसल कामदार, स्वास्थ्य लागायतका स्थलहरुमा हुने यौनजन्य हिंसाको व्यवहारलाई समेत ऐनले दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ। कार्यस्थलमा हुने यौनजन्य हिंसा नियन्त्रण गर्न कानुन भएपनि प्रमाण देखाउन नसक्ने भएपछि कानुनी उपचार भने कसैले लिएका छैनन्।

महिलामाथि हुने यस्ता हिंसाको प्रमाण जुटाउन गाह्रो हुने भएकाले पीडित कानुन सहारा लिन नजाने गरेको अधिकारकर्मी चित्रा पनेरुले बताइन्। यस्ता घटनाको प्रमाण सजिलै नजुट्ने भएकाले आफूलाई कमजोर नदेखाइ घटनास्थलमै प्रतिवाद गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन्।
त्यसैगरी अर्का अधिकारकर्मी सावित्रा घिमिरे जटिल प्रकृतिका हिंसाका घटनामा समेत महिलाले न्याय पाउने अवस्था नहुँदा कार्यस्थलमा यौनजन्य घटना बढ्दै गएको बताउँछिन्। ‘कार्यस्थलमा कतिवेला कस्ले दुर्व्यवहार गर्‍यो कुनै प्रमाण हुँदैन। यस्ता घटनामा कि त सहनुपर्ने वा कि स्थान नै परिवर्तन गर्नुपर्ने बाध्यता छ’ घिमिरेले भनिन् ‘यस्ता घटनामा महिलाले प्रतिवाद गर्ने आँट गर्नुपर्छ।’

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७१ अनुसार कार्यस्थलमा भएको हिंसा प्रमाणित भएमा पीडकलाई ६ महिना कैद वा रु ५० हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

अधिकारकर्मीबाहेक यहाँ उल्लेखित पात्रहरूको नाम उनीहरूको सुरक्षाका कारण परिवर्तन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: