घरजग्गा किनबेच गर्ने महिलाको संख्या बढ्यो


प्रकाशित मिति :2016-12-25 13:42:32

बेलिना थापा

लमजुङ। जिल्ला मालपोत कार्यालयमा महिलाको नाममा घरजग्गा किनबेच गर्नेहरूको संख्यामा वृद्धी भएको छ। यसको प्रमुख कारणमा महिलाको नाममा घरजग्गा किनबेचमा २५ प्रतिशत छुटको व्यवस्था भएकाले गर्दा पनि भएको प्रमुख मालपोत अधिकृत हरिहर दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘महिलाको नाममा घरजग्गा किनबेच गर्दा रजिस्ट्रेशन दस्तुरमा २५ प्रतिशत छुट हुन्छ। यो छुट एकल महिलालाई पनि हो।’

यो आर्थिक वर्षको मंसिर मसान्तसम्म एक हजार ७८ जनाले घरजग्गा किनबेच गरेका छन्। जसमा ५३० जना महिलाले घरजग्गा किनबेच गरेका छन्। मालपोत कार्यालयले पुरुषको नाममा भएको घरजग्गा महिला र पुरुष दुवैको नाममा कारोबार गर्ने व्यवस्था समेत गरेको छ। पति पत्नीबिच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले दुवैको नाममा घरजग्गा कारोबार गर्न थालिएकोे कार्यालयले जनाएको छ।

यस्तो व्यवस्था लागूभएसँगै कार्यलयमा दम्पतिहरू कारोबारका लागि आउन थालेका छन्। यसले पनि महिलाको नाममा हुने घरजग्गा कारोबार बढाएको छ। चालु आर्थिक वर्षमा पाँचजना दम्पत्तिले संयुक्त घरजग्गा कारोबार गरेका छन्। कार्यालयले दुवैको नाममा घरजग्गा पास गर्न एकसय रुपैयाँ मात्र लाग्ने समेत बताएको छ।

कार्यालयले आर्थिकवर्ष २०७३/७४ को मंसिर मसान्तसम्म्ा जग्गा रजिस्टे्रशनबाट दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ। मंसिर मसान्तसम्म जिल्लाका नगरपालिका भित्रको घरजग्गा रजिस्ट्रेसनबाट एक करोड ९१ लाख ८५ हजार ८ सय ५४ रुपैयाँ राजस्व संकलन भएको छ। अन्य गाविसले घरजग्गा रजिस्ट्रेशनबाट १८ लाख ९२ हजार २ सय ३४ रुपैयाँ राजस्व संकलन गरेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: