रेविजबारे अनभिज्ञ ग्रामीण महिला


प्रकाशित मिति :2016-12-25 15:01:19

सर्मिला बुढाथोकी

छोरी सुस्मितालाई रेविजविरुद्ध सुइ लगाउन सदरमुकाम आएकी लामाबगरकी लक्ष्मी तामाङ

दोलखा । दोलाखको दुर्गम लामाबगर गाविसकी लक्ष्मी तामाङ छोरीलाई रेविज विरुद्धको सुई  लगाउन सदरमुकाम चरिकोट आईपुगिन्।
कुकुरले टोक्दा रेविजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने जानकारी नभएकी लक्ष्मी एफएम रेडियोले कुकुरले टोकेर रेविज लागि मानिसको मृत्यु भएको समाचार बजाएपछि बल्ल चारमहिना अघि कुकुरले टोकेको आफ्नी छोरी सुस्मिता तमाङलाई लिएर रेविजविरुद्धको सुइ लगाउन सदरमुकाम चरिकोट आएकी हुन्।

रेडियोमा आफ्नै गाउँकी एक महिलाको कुकुरले टोकी रेविज लागेर मृत्यु भएको समाचार सुनेपछि चिन्ता लागेर छोरीको उपचारको लागि सदरमुकाम आएको लक्ष्मीले बताईन्। ‘मेरी ६ वर्षकी छोरीलाई चारमहिना अघि कुकरले टोकेको थियो, कुकुरले टोक्दा रेविज लागि मृत्यु समेत हुन्छ भन्ने जानकारी थिएन’ लक्ष्मीले भनिन्।

दोलखा ओराङको लमिनी तामाङ पनि कुकरले टोक्यो भने रेविज लाग्न सक्ने र त्यसको समयमै उपचार नहँुदा मानिसको मृत्यु समेत हुने कुरा गाउँका धेरैलाई थाहा नभएको बताउँछिन्। लक्ष्मीकी छोरीको उपचारको लागि साथी आएकी लमिनीले भनिन् – ‘रेविज भन्ने यस्तो डरलाग्दो विमारी रहेछ यसको बारेमा स्वास्थ्य संस्थाले सबैलाई जानकारी गराउने र गाउँ गाउँमा कुकुरलाई रेविज विरुद्धको सुइ लगाउने व्यवस्था गर्नुपर्छ।’

गाउँमा हरेकको घरमा कुकुर पाल्ने तर, रेविजको बारेमा जानकारी नभएकोले सबै कुकुरलाई सुइ नलगाउने हुनाले स्वास्थ्य संस्था र जिल्ला पशु सेवा कार्यालयले यस बारे जानकारी तथा उपचारको व्यवस्था मिलाउनु पर्ने लमिनीको सुझाव छ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क अनुसार पुस महिनामामात्र रेविजका कारण दुई महिलासहित तीन जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक डम्बर थोकरले दिएकोे जानकारी अनुसार दोलखाको ओराङ गाविसकी १७ वर्षीय युवक युवराज ठकुरी, ओराङ ९ कै नाम की एक महिला र लामाबगरकी २१ वर्षीया शारदा तमाङको रेविजका कारण मृत्यु भएको छ। मृतक मध्ये दुई जनाको काठमाडौं टेकुमा र एक जनाको काठमाडौँबाट उपचार गरी घर फर्कने क्रममा बाटैमा मृत्यु भएको थियो।

स्वास्थ्यकर्मीका अनुसार रेविज लागेको कुकुरले टोक्यो भने ११ दिनभित्र रेविज विरुद्धको सुइ लगाउनुपर्छ। कुकुरले टोक्यो भने सुरुमा घाउलाई सावुन पानीले धुने र १० दिनभित्र कुकुर मर्‍यो भने रेविजविरुद्धको भ्याक्सीन लगाउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । पहिलो सुइ लगाएको तीन दिनमा दोस्रो, दोस्रो लगाएको सात दिनमा तेस्रो, तेस्रो लगाएको १४ दिनमा चौथो र चौथो लगाएको २८ दिनमा पाँचौ सुइ लगाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक थोकरले बताए।

जिल्ला स्वास्थ्य कार्यालय दोलखालेे ओराङमा रेविजविरुद्धको सुइ सहितको टोली पठाएको र आशंका गरिएका २० जनालाई सुइ लगाएको जनाएको छ। त्यसैगरी लामाबगर गाविसमा रेविजले मृत्यु भएकी युवतीका १२ जना आफन्तले सदरमुकाम चरिकोटमै आएर रेविजविरुद्धको सुइ लगाएको जनस्वास्थ्य निरीक्षक थोकरले जानकारी दिए।

कार्यालयले अहिले दोलखाका विद्यालयहरू, सामुदायिक वनका सदस्य, सहकारीका सदस्य, महिला स्वयंसेविकाहरुलाई रेविज रोगको बारेमा जानकारी गराउने कार्यक्रम बनाएको छ। साथै रेविज रोगबारे जनचेतना अभिबृद्धिको लागि पर्चा वितरण, डकुमेन्ट्री प्रर्दशन लगायतको कार्यक्रम बनाईएको थोकरले बताए।

दोलखा जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरी ६० डोज रेविज विरुद्धको सुइ रहेकोमा त्यो लगाई सकिएकोले अहिले थप २ सय ६० डोज सुइ आएको र त्यसलाई आवश्यकता अनुसार स्वास्थ्य केन्द्रहरूमा पठाईने जनस्वास्थ्य निरीक्षक थोकरले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: