महिला खबर
काठमाडौं । राजनीतिक निकासका लागि छलफल गर्न सभामुख ओनसरी घर्तीले सोमवार प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गर्नुभएको छ ।
संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई पनि बोलाइएको छ ।
संविधान संशोधनका विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमालले संसद् अवरुद्ध गरेपछि निर्वाचनसँग सम्बन्धित विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न नसकेको भन्दै सदन खुलाउने विषयमा छलफल गरी निकास दिन पहल गर्ने उद्देश्यले सभामुखले बैठक डाक्नुभएको हो । संविधान संशोधनको प्रस्ताव आएपछि एमालेले सदनको कारबाही अवरुद्ध गर्दै आएको छ ।
Comment Here!