कैदी वन्दी महिलाका लागि सीपमूलक तालिम


प्रकाशित मिति :2016-12-26 11:39:10

सृजना अर्याल


चितवन । जिल्ला कारागार भरतपुरमा रहेका महिला कैदीलाई पाँच दिने क्रिष्टलको गहना बनाउने तालिम सुरु भएको छ । कारागारमा रहेका महिला कैदीको लागि रोटरी क्लव अफ चितवन र रोटरी स्पाउस क्लव अफ चितवनको संयुक्त आयोजनामा पाँच दिने क्रिष्टलको गहना बनाउने तालिम दिएको हो ।

सांसद गीता वाग्लेले महिलाहरू जस्तो अवस्थामा भएपनि आत्मनिर्भर बन्न आग्रह गर्नु भयो । उहाँले रत्नाकर डाकु पनि वाल्मिकी जस्तो प्रकाण्ड विद्धान बन्न सकेको उदारण दिँदै गल्तीबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

उहाँले कैदीवन्दी महिलालाई जेलमा देख्नुपर्दा नरमाइलो लागेको भन्दै सकारात्मक सोच राखेर अगाडि बढ्न सुझाव दिनुभयो । कारागारका जेलर कमल काफ्लेले महिला कैदी वन्दीका लागि आयआर्जनका तालिम आवश्यक रहेको बताउनुभयो । जेलर काफ्लेले तालिमका साथै बजारिकरणका लागि पहल हुनुपर्ने बताउनुभयो ।

काफ्लेले महिला कैदीका लागि कारागारमा तालिम सञ्चालनमा ठाउँ र अन्य समस्या परेको बताउनुभयो । प्रशिक्षक कमला सुवेदीले समयको माग अनुसारका तालिम सिक्नुपर्ने बताउनुभयो । उक्त कारागारमा दुई नाबालक, ५३ जना महिला कैदीसहित ५ सय ८५ जना रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: