निर्वाचनमा सरोकार राख्ने महिला बढे


सक्षम उम्मेद्वार जिताउने लक्ष्य

प्रकाशित मिति :2016-12-26 13:12:09

विदुर आचार्य


सिन्धुपाल्चोक । पछिल्लो समय मतदाता शिक्षामा महिलाको चासो वढ्दै गएको छ । नेपालको संविधानमा व्यवस्था भए अनुरुप अवको १३ महिनामा ३ वटै तहको निर्वाचन हुनुपर्ने समय नजिकिँदै जाँदा महिलारूमा निर्वाचनप्रति चासो वढेको हो । लामो समयपछि स्थानिय निकायमा हुने निर्वाचन लक्षित भएर महिलाहरूमा चासो वढ्नु सकारात्मक सूचक भएको जिल्ला निर्वाचन अधिकारी रश्मी पौडेलको वुझाई छ ।

गत सोमवार जिल्ला प्रशासन कार्यालयमा रहेको निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन केन्द्रमा फोटो खिचाउने ६० मध्ये २७ जना महिला मतदाता रहेका छन् । यो संङ्ख्या गतवर्षको तुलनामा ५० प्रतिशतले वढी हो । ‘नागरिता वनेपछि फोटोसहितको मतदाता नामावली संकलन गरिन्छ ।’ संकलन केन्द्रका गौरव श्रेष्ठले भने, ‘नागरिताको प्रतिलिपि लिने र नामावली संकलन छुटेकाहरू मतदाता नामावली संकलनका लागिमात्र पनि आउने गरेका छन् ।’ मतदाता शिक्षा पाएर स्थानिय महिला फोटो खिचाउन अभिप्रेरित भएको उनको वुझाई छ ।

शुक्रवार चौतारा–८ कुविण्डेकी ५० वर्षीया चाउरीमाय तामाङ मतदाता नामावलीमा नाम समावेश गर्नकै लागि दिनभर पर्खिएर नाम समावेश गराएर घर फर्किन् । संविधान सभा सदस्य निर्वाचनमा मतदान नगरेकी तामाङ आगामी निर्वाचनमा मतदान गर्न आतुर छिन् । ‘भोट हाल्न फोटो खिच्नुपर्छ भनेर रेडियोले पनि भन्छ, गाउँमा पोस्टरहरू पनि टाँसेको छ,’ ग्रामिण भेगका महिलाको दैनिकीको प्रतिनिधिन्व गर्दै उनले भनिन्, ‘फोटो खिच्नुपर्छ भन्ने थाहा भएको त धेरै भयो, तर फोटो खिचाउँन यहाँसम्म आईपुग्न फुर्सद नै भएन ।’ दिनको ३ वजे प्रशासन कार्यालयमा भेटिएकी उनलाई दुई घण्टा हिँडेर घरको काम भ्याउनुपर्ने चटारो छ । तामाङ्सँगै मतदाता नामावलीमा नाम समावेश गर्न आएकी मार्मिङकी ङिमा स्याङ्वो भने महिला उमेद्वार वढाउन महिलाहरू सक्रिय हुनुपर्ने धारणा राख्छिन् । ‘महिलाले मतादाता शिक्षामा पहुँच कम राख्नुले पनि महिला उमेद्वारको निर्धारण गर्दो रहेछ,’ उनी भन्छिन्, ‘महिला उम्मेद्वार वढाउन र जिताउन महिला नै सक्रिय रहनुपर्छ ।’ निर्वाचनमा महिला सहभागिता वढाउन मतदाता नामावली संकलनमा महिला अग्रसर हुनु पहिलो आधार भएको उनको वुझाई छ ।

जिल्लाको पश्चिमी भेगको दुर्गम मानिने थाङ्पालकोट–४ वाट आएकी १७ वर्षीया रोजिना तामाङले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराईन् । नागरिता प्रमाणपत्र वनाएकै दिन एकसाथ उनले दुवै काम सकेकी हुन् । ‘हाम्रो गाउँको रुप कहिल्यै फेरिएन, एकजना सक्षम उम्मेद्वारलाई जिताउन मेरो एक भोट निकै महत्वपूर्ण सावित हुन्छ,’ उनले भनिन्, ‘ आगामी सवै तहको निर्वाचनमा नयाँ पुस्ताका सक्षम र जागरुक उमेदवारलाई निर्वाचित गराउनुपर्छ ।’

पछिल्लो समय फोटोसहितको मतदाता नामावली संकलनको लागि गाउँ गाउँमा टोली पनि परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ‘आवश्यकता र अनुरोधको आधारमा नामावली संकलन निर्वाचन कार्यालयले गर्दै आएको छ,’ जिल्ला निर्वाचन अधिकारी पौडेल भन्नुहुन्छ, ‘मतदाता शिक्षा सञ्चार माध्यमले प्रभावकारी रुपमा प्रचारका कारण पनि दुरदराजका पिछडिएका समूदाय र महिला नामावली संकलनमा सहभागी भएका हुन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: