भट्टराईलाई तेस्रो स्वर्ण


प्रकाशित मिति :2016-12-26 14:09:33

महिला खबर

सुनसरी । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत इटहरी रंगशालामा भइरहेको एथेलेटिक्समा सरस्वती भट्टराईले तेस्रो स्वर्णपदक जितेकी छन् ।  आर्मीकी भटटराईले बिहान भएको ८ सय मिटरमा आर्मीकै सानुमाया कार्कीलाईपछि पार्दै तेस्रो स्वर्णपदक हात पारेकी हुन्  । उनले २ मिनेट १९ दशमलब ४२ सेकेण्डमा आठ सय मिटर दुरी पार गरेर स्वर्ण पदक जितिन्  ।

आर्मीकै सानुमाया कार्कीले २ मिनेट २५ दशमलब ५६ सेकेण्डमा सो दुरी पार गरिन् । यसअघि सरस्वतीले १५ सय मिटर र ४ गुणा ४ रिलेमा स्वर्ण पदक जितेकी थिइन् ।  सरस्वतिले अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १० वटा स्वर्ण पदक जितिसकेकी छन् । सुदूरपश्चिमकी १५ वर्षीया सीमा कुमारी चौधरीले कास्य पदक हात पारिन्  । चौधरीले २ मिनेट ३१ दशमलब ६२ सेकेण्डमा सो दुरी पार गरेर कास्य पदक जितेकी हुन् ।

उनी इटहरी रङ्गशालामा चौधरी खाली खुट्टामा दौडिएर चर्चामा छन् । यसैगरी आज सम्पन्न महिला ट्रिपल जम्प तर्फ प्रहरीकी केसरी चौधरीले स्वर्ण पदक जितेकी छन् । चौधरीले ११.६७ मिटर दुरी जम्प गरिन् । त्यस्तै शसस्त्र प्रहरीकी शिला चौधरीले १०.५५ मिटर जम्प गरी दोस्रो भइन् । आर्मीकी संगीता मेचे १०.४१ मिटर दुरी जम्प गरेर तेश्रो भइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: