संसद अवरुद्ध नराख्न सभामुखको अनुरोध


प्रकाशित मिति :2016-12-26 17:29:57

महिला खबर
काठमाडौं । व्यवस्थापिका संसदमा जारी अवरोध हटाउन आज बसेको सर्वदलीय बैठकमा सभामुख ओनसरी घर्तीले संसद अवरुद्ध नराख्न अनुरोध गर्नुभएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा बोल्दै सभामुखले संसद अवरुद्ध नराख्न राजनीतिक दलहरुलाई अनुरोध गरेको सभामुखका पे्रस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । बैठकमा सभामुख घर्तीले चाँडो भन्दा चाँडो सहमतिमा आउन आग्रह गर्नुभएको छ ।
सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरुले बैठक सकारात्मक भएको र यस विषयमा पुनः छलफल हुने बताएका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल र मधेशी जनअधिकार फोरम नेपालका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: