बालबालिका गर्भैदेखि विषादीको सिकार


प्रकाशित मिति :2016-12-27 11:50:06

महिला खबर

 

रामेछाप । जिल्लामा कृषि क्षेत्रमा प्रयोग हुने विषादीका कारण गर्भदेखि नै बालबालिका विषादीको सिकार हुने गरेको गुनासो एक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले गरेका छन् । उद्योग वाणिज्य संघ रामेछापले आयोजना गरेको व्यावसायिक आचार संहिता र उपभोक्ता संरक्षण ऐन नियमसँग सम्बन्धित अन्तरक्रियाका सहभागीले उत्पादनमा वृद्धि गरी बढी मुनाफा लिनका लागि विषादीको प्रयोग बढ्दै गएको र त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको बताएका छन् ।

विषादीको असर खासगरि गर्भवती महिला र बालबालिकामा बढी देखा परेको भन्दै सहभागीले त्यसतर्फ सजग रहन सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन् । गर्भवती महिलाले बजारमा उपलब्ध विषादीयुक्त कृषि उत्पादन उपभोग गर्दा गर्भमा रहेको बच्चामा समेत पर्ने र कमजोर बच्चा जन्मिने उनीहरूको भनाई छ ।

‘गर्भवती महिलाले खाएका विषादीयुक्त खानेकुराले महिलाको स्वास्थ्य खराब बनाउँछ र त्यसको असर उनको गर्भमा हुँर्कदै गरेको बच्चामा पनि पर्छ,’ तामाकोशी सहकारी अस्पतालका चिकित्सक केशबसिंह धामीले भन्नुभयो । उहाँका अनुसार आमाले सेवन गरेको विषादी युक्त खानाको असरले बच्चामा पक्षघात, सुस्त मनस्थितिको समस्या, मुटुमा जन्मजात विभिन्न समस्या, रोगसँग लड्न सक्ने क्षमता नहुने जस्ता शारीरिक र मानसिक असरहरू पर्ने सम्भावना धेरै हुन्छ ।

कृषि उत्पादनमा विषादीको प्रयोग हुने कुरालाई स्वीकार गर्दै जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख राजेन्द्र मल्लले सरकारले प्रतिबन्ध गरेका १४ किसिमका विषादीको प्रयोग र बिक्री वितरण भने जिल्लामा नभएको जानकारी दिनुभयो । बजारमा उपलब्ध कृषि उत्पादनमा विषादीको मापन गर्न जिल्ला तहमा मुस्किल भएपनि उपभोक्ता सजग रहँदा विषादीको असरलाई कम गर्न सकिने उहाँको दावी छ ।

उहाँले भन्नुभयो, ‘विषादी प्रयोग गर्नै नहुने होइन, तर धेरै प्रयोग गर्नुहुँदैन, यसका लागि हामी सबैको पहल जरुरी छ, विषादी प्रयोग गर्दा के गर्ने, खाद्यान्न कसरी उपभोग गर्नेबारे सबै सजग हुनुपर्छ ।’

कार्यक्रममा सहभागी मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले सदरमुकाम मन्थलीमा विषादीको मात्रा परीक्षणको व्यवस्था मिलाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित बजार अुनगमन गर्ने विभिन्न निकायका प्रमुख, उपभोक्ताको हितमा काम गर्ने निकाय, नागरिक समाज, उद्योग व्यावसायिका साथै कानुन व्यावसायीहरुको समेत सहभागिता थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: