महिला खबर
पोखरा। जिल्लामा पहिलो पटक पत्रकार महिलाले मैत्रीपूर्ण फुटसल खेलेका छन्। आईतबार पत्रकार महिलाको सञ्जाल सञ्चारिका समूह पश्चिमाञ्चल र क्रियाशिल महिला पत्रकारबिच फूलबारीस्थित टपकर्नर फुटसलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो।
खेलमा निर्धारित २० मिनेटको समयसम्म दुवै तर्फबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट क्रियाशिल महिला पत्रकारको समूह १–० गोल अन्तरले विजयी भएको थियो। पोखरा न्यूजडटकमले आयोजना गरेको उक्त प्रतियोगितामा पत्रकार महिला बाहेक अन्य १५ टोली पनि खेलमा सहभागी भएका थिए।
युवा उद्यमी विनोद तिमिल्सिनाले पत्रकार महिलालाई खेलको माध्यमबाट हौसला प्रदान गर्न भन्दै सञ्चारिका समूह पश्चिमाञ्चललाई २० थान टिर्सट उपलव्ध गराएका छन्।
Comment Here!