अन्तर्राष्ट्रियस्तरमै देशको नाम चम्काउन मन छ : सीमा चौधरी


खाली खुट्टा दौडिएर एथलेटिक्समा कास्यपदक

प्रकाशित मिति :2016-12-27 14:28:52

लिलाराज भट्टराइ

सीमा चाैधरी

सुनसरी। खाली खुट्टै दौडिएर राष्ट्रिय खेलकुद एथलेटिक्समा कास्यपदक जित्न सफल सुदूरपश्चिम कैलालीकी सीमा चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेर देशको नाम चम्काउने उद्देश्य रहेको वताएकी छन्।

जुत्ता किन्ने पैसा नभएपछि खाली खुट्टै भएपनि  दौडिएकी सीमाले तालिम प्राप्त विभागीय टोलीका खेलाडीहरूसँग टक्कर लिँदै आठ सय मिटर दौडमा कास्यपदक जितेकी थिइन्। भर्खर १५ वर्ष पुगेकी सीमा अहिले वीरेन्द्र विद्यामन्दिर उच्च मावि टीकापुर कैलालीमा कक्षा ९ मा पढदैछिन्। तीनवर्ष अघिदेखि विभिन्न प्रतियोगितामा दौडदै आएकी सीमाले राष्ट्रिय खेलकुदमा भाग लिएको यो नै पहिलो पटक हो।

पहिलो पटकमै कास्यपदक जितेपछि आत्मविश्वास झनै वढेको उनले बताइन्। उनी भन्छिन् ‘सुदूरपश्चिमवाट एथलेटिक्सका लागि सुनसरीको इटहरी आउँदै गर्दा नै उनलाई पहिलो नभएपनि दोश्रो र तेश्रोमा एक त पक्कै हुन्छु भन्ने लागेको थियो।’

विपन्न परिवारकी सीमाका वुवा आमा निर्माण मजदुर छन्। आफ्नो पैसा खर्च गरेर उनले ‘स्पाईक सु’ किन्न सकिनन्। त्यसैले खाली खुट्टै भएपनि दौडिन्। खाली खुट्टा दौडिएर कास्यपदक हात पारेपछि उनको चर्चा वढ्यो। उनले एथलेटिक्समा कँहीकतैवाट तालिम लिन पाएकी छैनन्। तालिमको व्यवस्था भए देशका लागि केही गरेर देखाउने सीमाले वताइन्।

‘म राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेर देशको नाम चम्काउन चाहन्छु’ सीमाले भनिन् ‘त्यसका लागि राज्यले तालिम र भौतिक सुविधा उपलब्ध गराउनुपर्‍यो।’ सुदूरपश्चिमका प्रशिक्षक निलराज अवस्थी एथलेटिक्समा सीमा चौधरीको भविष्य उज्वल रहेको वताउँछन्।

सीमा जस्ता प्रतिभा जसले तालिम वेगर खाली खुट्टा दौडिएर यो सफलता पाएकीले तालिम पाएमा देशकै गौरव वन्न सक्ने अवस्थीको भनाई छ। चौधरीलाई र्स्पोट्स एकाडेमीमा प्रशिक्षण दिइनुपर्ने अवस्थी माग गर्नुहुन्छ। सुदूरपश्चिमवाट एथलेटिक्सका लागि राष्ट्रिय खेलकुदमा १२ जना महिला र १५ जना पुरुषको सहभागिता छ। त्यसमध्ये अहिलेसम्ममा दुईजनाले पदक पाएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: