सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका महिलाको राम्रो प्रदर्शन


प्रकाशित मिति :2016-12-28 10:54:53

लीलाराज भट्टराई

सुनिता बाेहाेरा जुडाेमा ७८ केजी ताैल समूह

सुनसरी। पुर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमाञ्चलको उपस्थिति कमजोर रहेपनि महिला खेलाडीले भने राम्रो उपलब्धि दिलाएका छन्।

प्रतियोगितामा अहिले सम्म सुदूरपश्चिमाञ्चलले तीनवटा स्वर्णपदक जितेको छ। तीनैवटा स्वर्ण दक महिला खेलाडीले हात पारेका हुन्। उसु,जुडो र सेपाक्ताक्रो खेलमा महिला खेलाडीले आफ्नो क्षत्रलाई तीनवटा स्वर्णपदक दिलाएका हुन्।

खाली खुट्टा दौडिएर एथलेटिक्समा कास्यपदक जित्न सफल कैलालीकी सीमा चौधरी

धरानमा भएको उसुमा ४८ किलोमा सुदूरपश्चिमकी एलिना चौधरीले तेस्रो स्वर्ण पदक दिलाइन्। यसैगरी सेपाक्ताक्रो खेलमा महिला समूहले स्वर्णपदक जितेको छ। उसुमा सुदूरपश्चिमले सवैभन्दा वढी पदक जितेको छ।

सोमवार ६ वटा कास्य पदक जितेको सुदूरपश्चिमाञ्चललाई ५२ किलोमा निशा विक, ५६ किलोमा रीता ठकुल्ला र ६० किलोमा मनिषा रावतले महिला तर्फ तथा ७५ किलोमा कालु सिंह पार्कीले पुरुष तर्फ रजतपदक जितेका हुन्।

सुपले तेक्वान्दोमा रजतपदक जितेको छ। ५२ किलोमा गीता विष्टले पदक जितेकी हुन्। कवड्डीमा महिला तर्फ सुपले कास्य पदक जितेको छ। व्याटमिन्टनमा पनि पुरुष तर्फ संजीव खडका तेस्रो भए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: