महिला खबर
सुनसरी। सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत १० हजार मिटर दौडमा महिला तर्फ शसस्त्रकी कान्छी माया कोजुले स्वर्ण पदक प्राप्त गरेकी छन् । सुनसरीको इटहरीमा भएको खेलमा उनले निर्धारित दुरी ३७ मिनेट १६ दशमलब ९० सेकेण्डमा पार गरेर स्वर्णपदक प्राप्त पाएकी हुन् । सेनाकी बिश्वरुपा बुढाले रजत पदक जितिन् । उनलाई १० हजार मिटर दुरी पार गर्न ३८ मिनेट ३६ दशमलब ६९ सेकेण्ड समय लाग्यो। यसैगरि आर्मीकी लक्ष्मी पाण्डेले ३९ मिनेट ३२ दशमलब ५५ सेकेण्डमा दौड पुरा गरी कास्यपदक हात पारिन्
Comment Here!