सृजनशिलताले नै पत्रकारिता


प्रकाशित मिति :2016-12-28 14:34:54

महिला खबर


चितवन। आफ्नो पेशामा दक्षता र क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभएको छ । सञ्चारिका समूह नेपालको आयोजनामा बुधवारदेखि चितवनमा सुरु भएको मध्यमान्चलस्तरीय पत्रकार महिलाका लागि लैंगिक तालिमको उद्घाटन सत्रमा बाेल्दै उहाँले पत्रकारिता क्षेत्रमा मिहिनेत, जिज्ञासा र सृजनाकला क्षमता हुनुपर्ने औंल्याउनु भयो। खोजी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव थियो ।

सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको क्षमता बढाउन समूहले विभिन्न कार्यक्रम गरेको भन्दै महिला पत्रकारलाई शुरुवातमा लैंगिक तालिम आवश्यक रहेको बताउनुभयो। उहाँले राज्यको सुरक्षाका कारण पनि महिला पत्रकारलाई समस्या परेको भन्दै उनीहरूलाई अवसर दिनुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरी प्रसाद पोखरेलले महिला पत्रकार पलायन हुने गरेको बताउँदै महासंघ महिला पत्रकारको दक्षता अभिवृद्धिमा लागि परेको धारणा राख्नुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले लैंगिक हिंसाका विषयलाई कार्यलयले प्राथमिकता राखेको बताउनु भयो। उहाँले महिला सेलमा महिला प्रहरी निरीक्षक छिटै नियुक्ति गर्न लागेको समेत जानकारी दिनु भयो।

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आर्चायले महिला र पुरुष बिच शारिरीक भिन्नता रहेपनि कार्यशैली र क्षमतामा कुनै फरक नहुने भन्दै महिला पत्रकारले पनि पुरषसरह पत्रकारिता गर्न सक्ने भनाई राख्नुभयो। प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शालीग्राम नेपालले पत्रकार अध्ययनशील हुनुपर्ने  औंल्याउनु भयो।

प्रेस सेन्टर नेपाल प्रदेश नं ३ की उपाध्यक्ष शान्ता अधिकारीले मोफसलमा काम गर्ने महिला पत्रकरलाई थप समस्या हुने भन्दै महिला पत्रकारको अवस्थाका वारेमा अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो। नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारको सदस्यता बढाउनमात्र नलागी पत्रकारलाई टिकाइरहन सक्ने कार्यक्रम गर्न सरोकारवालाहरू लाग्नुपर्ने सुझाव दिनु भयो।

प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकास ज्ञवालीले पत्रकारले भाषागत शुद्धतामा विशेष ध्यान दिनुपर्ने भन्दै लैंकिताका विषयलाई संवेदनशील भएर उठान गर्नुपर्ने विचार राख्नुभयो।

स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्य प्रकास कंडेलले पत्रकारिता शुरुगर्ने क्रममा तालिमह आवश्यक हुने बताउनुभयो। कार्यक्रममा संचारिका समूहकी सदस्य जया लुइटेलले समूहले संचालन गरेको कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो।  कार्यक्रममा सञ्चारिका समूह चितवनकी अध्यक्ष सृजना अर्यालले महिलाका विषय उठानका लागि महिला पत्रकार भूमिका महत्वपुर्ण रहने भन्दै महिला पत्रकारलाई यस्ता तालिम आवश्यक रहेको बताउनुभयो। मध्यमान्चलका वारा,पर्सा र चितवनका गरी  १२ जना पत्रकार महिलाको सहभागिता रहेको तालिम ३ दिनसम्म चल्नेछ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: