समकोण कार्यक्रमको प्रभावः लालीले पाइन् आर्थिक सहयोग


प्रकाशित मिति :2016-12-28 16:12:26

नन्दा थापा


बाजुरा। बडीमालिका नगरपालिका ३ बस्ने लाली महतले बीसहजार रुपैयाँ सहयोग पाएकी छन्। सञ्चारिका समूहको समकोण टेलीभिजन कार्यक्रम कान्तिपुरमा प्रसारण भएपछि महतलाई उक्त सहयोग प्राप्त भएको हो। उनले गत मंसिरमा बाजुरामा छायाकंन भएको समकोण टेलीभिजनमा बालविवाह गर्दा पाएको दुःख, भोगाईबारे अनुभव सुनाएकी थिईन्।

उनलाई उक्त रकम संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपीए बाजुराले सहयोग गरेको हो।

लाली महतको चौध वर्षको उमेरमा विवाह भएको थियो। उनका श्रीमानको गत भदौमा निधन भएको हो। २० वर्षीया लालीका ४ वर्ष र २ वर्षका नाबालक दुई छोरा छन्। उनी १४ वर्षकी हुँदा आफ्नै काकाले आमासँग विवाह गरे। अहिले आमा र काका भारतमा भएको उनले बताइन् ।

आमाले उनी र भाईबहीनीलाई बेसाहारा बनाएपछि सबै भाईबहिनीको पालनपोषणको जिम्मा समेत उनकै जिम्मामा आयो। ‘पाँचवर्षसम्म भाईबहिनीलाई राम्रैसँग स्याहारें, अहिले त बुवाले अर्को विवाह गरेका छन्, भाइबहिनी पनि ठुला भईसकेका छन्। जसोतसो भाइबहिनीको ठेगान त लगाएँ, तर अहिले आफू बेसाहरा भएकी छु’ उनले भनिन्।

गत मंगलबार जिल्ला विकास समितिमा एक कार्यक्रमको आयोजना गरी उनलाई महिला तथा बालबालिका कार्यालयका सहायक महिला निरीक्षक केशरी रोकायाले रकम हस्तान्तरण गरेकी हुन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: