हिंसाको प्रमाण सुरक्षित राख्न स्वास्थ्यकर्मीलाई तालिम


प्रकाशित मिति :2016-12-29 12:00:06

महिला खबर

अछाम । लैंङ्गिक हिंसा पीडितलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र हिंसाको प्रमाण सुरक्षित राख्ने सीप अभिवृद्धी गर्न जिल्लास्थित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीेलाई तालिम दिइने भएको छ ।

बुधबार मंगलसेनमा आयोजना गरिएको लैंङ्गिक हिंसा न्यूनिकरणमा स्वास्थ्य क्षेत्रको भुमिका विषयमा चर्चा गर्दै उक्त कुराको जानकारी दिइएको हो । हिंसा पीडित व्यक्ति सबैभन्दा पहिले उपचार गर्न स्वास्थ्य संस्थामा आउने भएकाले उनीहरुलाई तत्काल गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र हिंसाको प्रमाण राख्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका हुने भएको भन्दै स्वास्थ्यकर्मीलाई तालिम दिन लागिएको जपाईकोका कार्यक्रम संयोजक डाक्टर रोशनी अमात्यले जानकारी दिनुभयो ।

उहाँले लैंङ्गिक हिंसाका घट्नामा वृद्धि भईरहेकाले न्यूनिकरण गर्नका लागि स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै उनीहरुलाई तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा डा. अमात्यले लैंङ्गिक हिंसाको अवस्था, प्रकृति तथा यस सम्बन्धी विद्यमान ऐन कानुनको बारेमा प्रस्तुती गर्दै समाजमा विद्यमान विभिन्न कुरिती, चालचलन, कुसंस्कारका कारणले पनि लैङ्गिक हिंसा भइरहेको जानकारी दिनुभयो ।

हिंसा पीडितलाई कानुनी उपचारमा स्वास्थ्य संस्थाको प्रमाण नै बलियो आधार हुने भएकाले पीडितले न्याय पाउनका लागि यस्तो तालिमले थप मद्दत पुग्ने विश्वास जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सरदचन्द्र बरालले गर्नुभयो ।

कार्यक्रममा विगतका दिनमा उपचार लिन स्वास्थ्य संस्थामा जाँदा उल्टै स्वास्थ्यकर्मीबाट हिंसा भोग्नु परेका उदाहरण दिँदै सरोकारवालाले हिंसा पीडितलाई न्याय दिन स्वास्थ्यकर्मी गम्भिर हुन जरुरी रहेको सझाव दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: