कपिलवस्तुमा त्रिचालीस किशोरी समूह


प्रकाशित मिति :2016-12-29 13:50:34

पार्वती पाण्डे

कपिलवस्तु । जिल्लास्थित शिवपुर गाविसका हसिना चौधरी, बिठुवा गाविसका सेसकला पाण्डे, बासखोरका सुनिता तिवारी, हर्दौनाका रागिनी चौधरी र सहारा खातुन अहिले आ–आफ्ना गाविसका किशोरी समुहको अगुवाई गरिरहेका छन् ।

यी र यीजस्तै अन्य किशोरीको अगुवाईमा जिल्लाका विभिन्न गाविसमा किशोरीका ४३ वटा समुह र छ वटा सञ्जाल बनेको छ । यी सबैमा कुल ५० जना किशोरी आवद्ध छन् ।
समुह बनेपछि किशोरीहरु आफ्नो स्वास्थ्य स्थिती, पोषण, लैङ्गिक समानता र अधिकारका विषयमा खुलेर कुरा गर्न थालेका छन् । उनीहरु बालविवाह, घरेलु हिंसालगायतका विषयमा जागरुक बन्नुका साथै अरुलाई पनि यसबारे सिकाउन थालेका छन् ।
महिला तथा बालबालिका कार्यालयको समन्वयमा रुपान्तरण नामक तालिम दिन थालेपछि किशोरीहरु यसरी समुहमा आवद्ध हुन थालेका हुन् । बालविवाहका कारण सामाजिक र स्वास्थ्य क्षेत्रमा प्रतिकूल प्रभाव देखिन थालेपछि सो तालिम दिइएको र यसले विद्यालय जाने र नजाने दुवैथरि किशोरीहरु प्रभावित भएको कार्यालयका मनोविमर्शकर्ता सुष्मा आचार्य बताउनुुहुन्छ ।

कार्यक्रमले खासगरि किशोरीहरुका लागि आयआर्जनका क्रियाकलाप, किशोरी शिक्षा र विभिन्न सीपमूलक तालिम दिई उनीहरुलाई आत्मनिर्भर बनाउन र बालविवाह रोक्न सहयोग पुर्याएको उहाँको दाबी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: