सासुबुहारीको सम्बन्ध सुर्धान अन्तरक्रिया


प्रकाशित मिति :2016-12-29 14:12:23

महिला खबर

लमजुङ । महिला तथा बालबालिका कार्यालय लमजुङले सासुबुहारीको सम्बन्ध सुधार गर्ने उद्धेश्यले तीन दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । समुदायमा सासुबुहारीबिच दुरी रहेको भन्दै कार्यालयले यस्तो कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक खुमा खड्का कुँवरले लिंग र लैंगिकताका बारेमा जानकारी दिँदै छोरीलाई चाँडै विवाह गरिदिनुका कारण र त्यसका परिणामबारे जानकारी गराउनुभयो । उहाँले सासुबुहारीको सम्बन्धको विश्लेषण, उनीहरुका समस्या, प्रजनन तथा अन्य स्वास्थ्य, हिंसा, सुरक्षित मातृत्व, सासु तथा अन्य सदस्यहरुको भुमिकाका विषयमा समेत जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सासु तथा बुहारीहरुले आफुहरुको सम्बन्धलाई प्रगाढ बनाउने बताएका छन् । विगतमा जे–जस्तो व्यवहार गरेपनि अब आइन्दा दुवैले आफ्नो व्यवहार परिवर्तन गर्ने उनीहरुको भनाई छ । कार्यक्रममा दुराडाँडाका ३५ जना सासुबुहारीको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: