तीन महिनामा ४८ जना महिलामाथि बलात्कार, ३८ काे हत्या


प्रकाशित मिति :2016-12-29 15:27:35

महिला खबर


काठमाडौं। असोजदेखि मंसिरसम्म ४८ किशोरी तथा महिलामाथि बलात्कार र ३८ जनाको हत्या भएको छ । संचारिका समूह नेपालले गरेको यो तीन महिनाको सञ्चार अनुगमनका क्रममा ४८ किशोरी तथा महिलाको बलात्कार भएको देखिएको हो।  खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री अनुगमन गरिएको समूहले जनाएको छ।

समूहका अनुसार १४ वटा राष्ट्रिय दैनिकमा महिलामाथि हुने हिंसालाई ८ शीर्षकमा अनुगमन गरिएको थियो। जसमा बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, हत्या, बोक्सी, कुटपिट र स्वास्थ्य अधिकार उल्लघन सम्बन्धी शीर्षक थिए। बलात्कार पीडित एकदेखि नौ वर्ष उमेर समूहका ८ जना, ११–१९ का २४ जना, २३–३२ का ७ जना, ४२–५५ का ३ जना थिए भने ६ जनाको उमेर उल्लेख थिएन।

बलात्कार घटनामा पीडक १३ देखि ६५ वर्ष उमेरका रहेको पाइएको समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सबै भन्दा बढी बलात्कार मध्यमाञ्चल विकास क्षेत्रमा २४ वटा र यो मध्ये काठमाडौंमा ९ वटा भएको अनुगमनले देखाएको छ। हत्याका घटनामा २४ जना पीडक परिवारका सदस्य त्यसमध्ये पनि १२ जना श्रीमान, २ प्रेमी, २ छिमेकी र ४ अन्य रहेको विज्ञप्तिमा उल्लेख छ। सबैभन्दा बढी हत्याका १३ जनाको हत्या मध्यमाञ्चल विकासक्षेत्रमा भएको पाइएको छ।

स्वास्थ्य अधिकार उल्लघनका १४ वटा घटना भएका थिए। यो अवधीमा घरेलु हिंसाका पाँच वटा घटना सञ्चार माध्यममा आए। यौनदुर्व्यवहारका १७ वटा घटना प्रकाशित भएका थिए, जहाँ अधिकांश पीडत बालिका थिए। ९–१९ वर्ष ¬उमेर समूहका १४ जना बालिका तथा किशोरीमाथि यौनदुव्यवहार भएको र बोक्सी आरोपका सातवटा घटनाका समाचार आएको समूहले जनाएको छ।

अनुगमनले बालिका तथा महिला घर, छिमेक, स्कुल र सावैजनिक स्थलहरुमा असुरक्षित रहेको देखाएको छ। सानो विवादमै मारिएको, आफन्त, छिमेकी परिचत मान्छेवाटै लुुटिएको, आधाारभुत स्वास्थ्य अधिकारबाट बंचित रहेको पाईएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: