कुसंस्कारविरुद्ध लड्न प्रशासनले सुरु गर्‌‍याे हस्ताक्षर अभियान


प्रकाशित मिति :2016-12-30 10:34:40

शिवराज खत्री

जिल्ला प्रशासन कार्यालयको रजिष्ट्ररमा हस्ताक्षर गर्दै एक महिला

अछाम । छाउपडीलगायतका कुसंस्कारविरुद्धको सामूहिक प्रतिवद्धता शिर्षक दिएर प्रशासन कार्यालयले बिहीबारबाट कार्यालय प्रवेश ढोका छेउमै रजिष्ट्रर राखेर हस्ताक्षर सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले सबैभन्दा पहिले आफैले हस्ताक्षर गरेर बिभिन्न कुरीति र कुसंंस्कार विरुद्ध सामूहिक रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो  ।

पछिल्लो एक महिनाको अवधिमा मात्र छाउपडी गोठमा बसेका दुई किशोरीको ज्यान गएपछि कुरीति र कुसंस्कारविरुद्ध सक्रिय बनेको प्रशासनले महिलाको सम्मानपूर्व बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा भावी सन्ततिले कुरीति र कुसंस्कारको सिकार हुन नपरोस् भनेर सामूहिक प्रतिवद्धतासहितको हस्ताक्षर सुरु गरिएको उक्त रजिष्ट्ररमा उल्लेख गरेको छ ।

कार्यालयका सबै कर्मचारीले उक्त प्रतिवद्धतामा हस्ताक्षर गरेपछि बिहीबारदेखि नै कार्यालयमा आउने सबै सेवाग्राही तथा आगन्तुकलाई हस्ताक्षर गर्न लगाईएको छ ।

‘कुरीति, कुसंस्कारविरुद्ध सबैलाई आ–आफ्नाे क्षेत्रमा लाग्नका लागि नैतिक दबाब दिने उद्देश्यले हस्तार सुरु गरिएको हो’ प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो–‘अछाम जिल्लाबाट कुरीति, कुसंस्कार अन्त्य नहुँदासम्म हस्ताक्षर जारी रहने छ ।’

समाजको कलंकको रुपमा रहेको छाउपडी कुप्रथाका कारणले थुप्रै महिला तथा किशोरीले ज्यान गुमाउनु परेकोले त्यसविरुद्ध कानुन निर्माण गर्न राज्यलाई नैतिक दबाबसमेत यसले पुग्ने विश्वास शर्माको छ ।

प्रशासनले उक्त डेस्कमा एकजना कर्मचारीलाई नै खटाएर कार्यालयमा आउने सबैलाई कुरीति, कुसंस्कारकाविरुद्धमा लाग्ने प्रतिवद्धतामा हस्ताक्षर गराएरमात्र भित्र प्रवेश गर्ने व्यवस्था गरेको छ ।

यस अघि सरासर कार्यालय भित्र प्रवेश गर्ने सेवाग्राही बिहीबार भने ढोकामा हस्ताक्षर गरेर मात्र भित्र प्रवेश गर्नु परेपछि एक पटक अचम्म परे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: