न्यायमा महिलाको पहुँच अझै कमजोर:प्रधान न्यायाधीश कार्की


प्रकाशित मिति :2016-12-30 10:52:54

सुमित्रा के सी

रुकुम । प्रधान न्यायाधीश शुसिला कार्कीले न्याय क्षेत्रमा महिलाको पहुँच अझै कमजोर भएको बताउनुभएको छ । अदालतका कर्मचारीहरूको लापरवाही, सचेतनाको कमी र न्याय क्षेत्र पारदर्शी नहँुदा महिला र बालबालिकाका ९९ प्रतिशत मुद्दा असफल हुने गरेको उँहाले बताउनुभयो ।

जिल्ला अदालत रुकुमको नयाँ भवन उदघाटन गर्न रुकुम पुग्नु भएका प्रधानन्यायाधीश कार्कीले न्याय क्षेत्रमा देखिएको विकृति र विसङगति अन्त्य गर्न आफू प्रतिबद्घ रहेको स्पष्ट पार्नुभयो ।

कार्कीले न्याय सम्पादन गर्ने कुरामा महिला, बालबालिका तथा सिमान्तकृत वर्गलाई पहिलो प्राथमिकतामा राखेर अदालतबाट सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

वास्तविक दोषीलाई सजाय र अन्यायमा परेकालाई न्याय दिने कार्यमा कोई कसैसँग सम्झौता गर्न नहुने भन्दै उँहाले ढिला सुस्ती गरेको पाईएमा कारवाही हुने चेतावनी दिनुभयो ।

अदालतमा आउने बच्चासहितका महिलाका लागि स्तनपान कक्षको छुट्टै व्यवस्था गर्न पनि कार्कीले निर्देशन दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: