महिला हिंसा गर्नेलाई ठाउँको ठाउँ कार्वाही गरः अध्यक्ष, मानव अधिकार आयोग


प्रकाशित मिति :2016-12-30 12:31:33

महिला खबर

काठमाडौं। नेपाल मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म जति कानुन नियम आएपनि हिंसा नघट्ने बताउनुभएको छ। दिदीवहिनी नामक संस्थाले महिलामाथि सार्वजनिकस्थलमा हुने हिंसाका सम्बन्धमा गरेका राष्ट्रिय कार्यशालामा बोल्दै उहाँले महिला शसक्तिकरणको आवश्यकता छ त्यो भन्दा धेरै उनीहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार परिवर्तनको आवश्यकता रहेकामा जोड दिनुभयो। उहाँले भन्नुभयो ‘यसका लागि स्कुलदेखि नै सचेतना जगाउन पाठ्यक्रममा राखिनुपर्छ।’ महिलाका विषयमा भएका सबै कानुनलाई एकिकृत गर्नु अति जरुरी रहेको उहाँको भनाइ थियो।

महिलामाथि सार्वजनिकस्थलमा हिंसा गर्नेलाई तत्काल कार्वाही गर्ने संयन्त्र हुनु आवश्यक रहेको उहाँले बताउनुभयो। ‘महिलाका लागि असुरक्षित स्थानहरु पत्ता लगाएर ठाउँको ठाउँ कार्वाही गर्न कसले रोक्यो’ उहाँको प्रश्न थियो। भन्नुभयो ‘सडक नियम उल्लंघन गर्नेलाई प्रहरीले ठाउँको ठाउँ कार्वाही गर्छ महिलामाथि सार्वजनिकस्थलमा हिंसा गर्नेलाई कार्वाही गर्न किन सकिँदैन।’ अहिले महिलाहरू बाहिर निस्कने र काम गर्ने क्रम बढेको भन्दै उहाँले यसकालागि सुरक्षित वातावरण बनाउन जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा दिदीबहिनीका अध्यक्ष सलोनी सिहंले सार्वजनिकस्थलमा कुचीकार महिलादेखि कोहीपनि सुरक्षित नरहेको अध्ययनले देखाएको बताउनुभयो। आफूहरुले विभिन्न जिल्ला र उपत्यकामा गरेको अध्ययनमा संलग्न ७८ प्रतिशत बालिका र किशोरीले आफूहरू कही पनि सुरक्षित भएका अनुभव नगरेको बताएको उहाँले स्पष्ट पार्नुभयो। यसैगरि ५८ प्रतिशत महिला तथा बालिकाले आफ्नै घरमा समेत सुरक्षित नरहेको र ९० प्रतिशत पुरुषले जुनसुकै ठाउँ सुरक्षित रहेको अध्ययनका क्रममा बताएका थिए।

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका अध्यक्ष शेर वहादुर केसीले छाउपडीका कारण महिलाको ज्यान गैरहँदा महिला सार्वजनिकस्थलमा मात्रै नभएर आफ्नै भुमिमा समेत असुरक्षित भइरहेको बताउनुभयो। उहाँले हिंसाविरुद्ध कुरा गर्ने, तर नराम्रा संस्कारलाई मान्दै जाने हो भने महिलामाथिको हिंसा कहिल्यै अन्त्य नहुने तर्क गर्नुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: