गर्भ जाँच गर्न फोनबाटै निम्ता


प्रकाशित मिति :2016-12-30 14:34:52

महिला खबर

दाङ ।  गर्भवती महिलालाई गर्भ परीक्षण गराउन दाङमा फोनबाटै निम्ता आउने गरेको छ । दाङ धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी गर्भवती  जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताउनुभयो ।

गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गरेको प्रमुख  रावतले बताउनुभयो । गर्भवती भएको चार, छ, आठ र नौ महिनामा गर्भवतीलाई सुत्केरी हुने मिति पुग्यो भने स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ ।

‘सुरक्षित मातृशिशु अभियानअन्तर्गत स्वास्थ्य चौकीले यो सेवा केही महिना पहिलेदेखि सुरु गरेको हो, यसले गर्दा पछिल्लो समयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ’  रावतले भन्नुभयो ।

त्यसैगरी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कदा उपहारस्वरुप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि दिने गरेको छ ।  स्वास्थ्य चौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको उहाँले बताउनुभयो । उनीहरूलाई स्वास्थ्य संस्थामा बस्दा खाजाको समेत व्यवस्था गरेको छ ।

घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातै दिन घरमा नै पुगेर आमा र बच्चाको स्वास्थ्यकर्मीले जाँच गर्ने व्यवस्था मिलाएको रावतले बताउनुभयो । जाँच गर्न जाने स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य चौकीले खाजाको व्यवस्थासमेत मिलाएको छ ।

रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने यो खर्चको व्यवस्थापन स्वास्थ्य चौकीले आन्तरिक रुपमा आफै व्यवस्था गर्ने गर्छ । यो सेवाका लागि कतैबाट बजेट नआउने स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्सको आम्दानीको केही प्रतिशत र अन्य जनस्वास्थ्य र स्वास्थ्य चौकीको सहकार्यको खाताबाट सङ्कलन भएको रकमबाट गर्भवती र सुत्केरीका लागि खर्च व्यवस्थापन गरेको  रावतले बताउनुभयो । योसँगै हाल स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउनेको सङ्ख्या पनि वढेको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: