जग्गा नाममा गर्ने महिला बढे


प्रकाशित मिति :2016-12-30 17:03:07

माला पालुङवा
ताप्लेजुङ। जिल्लास्थित थिङलाबु गाविसका रेनुका लिम्बुले जग्गा आफ्नो नाममा गरेको केही महिना मात्रै भएको छ, तर यसले उनको आत्मविश्वास भने चुलिएको छ। जग्गाको स्वामित्वबारे बुझ्न पाउनु र जग्गा पनि स्वामित्वमा आउनु उनका लागि निकै प्रेरणादायी बनेको छ। ‘मेरो नाममा पनि जग्गा हुन्छ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ। यो त आवश्यक कुरा पो रहेछ,’ उनी भन्छिन्।

खाम्लुङ गाविसका रुपा लिम्बु पनि श्रीमानले जग्गा उनको नाममा गरिदिएपछि दंग छिन्। लिम्बुका अनुसार पहिले उनलाई महिलाको नाममा जग्गा लिएर के हुने हो र भन्ने लाग्थ्यो। ‘जग्गाधनी पूर्जा भएपछि अहिले मलाई संघसंस्था र समूहमा बस्न सजिलो भएको छ। …यस्ता कुरा मलाई थाहै थिएन,’ उनी सुनाउँछिन्।

पछिल्लो समयमा जिल्लाका महिलामा सम्पत्ति सम्बन्धी चेतना बढ्दै गएको छ। महिलाको सक्रियता बढेसँगै जग्गा आफ्नो नाममा दर्ता गर्न खोज्ने महिलाको संख्या पनि बढेको छ। विगतमा दाजुभाई विच अंशबण्डा हुँदा, श्रीमानको मृत्यु पश्चात श्रीमतीको नाममा गर्नैपर्ने अवस्था भएमात्र महिलाको नाममा जग्गा पास गर्ने चलन थियो। जग्गाको स्वमित्वको अवश्यकता महशुस तथा सम्पत्तिको अधिकारमा सचेत भएसँगै जग्गा पास गराउने महिलाको संख्यामा वृद्धि भएको स्थानीय महिला अधिकारकर्मीहरू बताउँछन्।

मालपोत कार्यालयको तथ्याङ्क हेर्ने हो भने जिल्लामा जग्गा आफ्नो नाममा गराउने महिलाको संख्या उल्लेख्य देखिन्छ। कार्यालयको आर्थिक वर्ष २०७०/२०७१ देखि यो आर्थिक बर्षको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार कुल १२ हजार एक सय १९ जनाले जग्गा पास गरेका थिए जसमा, चार हजार नौ सय ४९ महिला थिए।

यो अवधिमा जग्गा महिलाको नाममा गर्ने क्रम हरेक वर्ष बढ्दै गएको कार्यालयका प्रमुख युवराज गौतमले जानकारी दिए। उनका अनुसार सरकारले छुट दिएको कारणले पनि जग्गा महिलाको नाममा गर्ने चलन चलेको हो। उनी भन्छन्, …सरकारले जग्गा महिलाका नाममा गर्न छुट दिएको छ, यसले पनि जग्गा महिलाको नाममा गर्ने क्रम बढेको छ।’ हिमाली जिल्ला ताप्लेजुङमा महिलाको नाममा जग्गा पास गराउँदा ५० प्रतिशत र नगरपालिकाभित्र ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: