सिकेका कुरा व्यवहारमा उतार्नुसः मन्त्री पाण्डे


प्रकाशित मिति :2016-12-30 17:11:58

महिला खबर


चितवन । भुमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न आवश्यक रहेको वताउनुभएको छ।
सञ्चारिका समूह नेपालको आयोजनामा  चितवनमा भएको मध्यमान्चलस्तरीय पत्रकार महिलाका लागि लैंगिक तालिमकोे समापन कार्यक्रममा बोेल्दै मन्त्री पाण्डेले पत्रकार महिलाले तालिम लिँदाको समयअवधिमा मात्र नभइ आफ्नो काममा प्रयोग गरी दक्षता बृद्धि गर्नुपर्ने वताउनुभयो। मन्त्री पाण्डेले भन्नुभयो ‘पत्रकारिता विषय आफैमा जटिल हो,तालिममा सिकेको कुरा आफ्ना काममा लागू गरी दक्षता बढाउनुहोस्।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरी प्रसाद पोखरेल पत्रकारलाई बेला बेलामा तालिम आवश्यक रहने बताउनुभयो ।
सञ्चारिका समूह नेपालकी सदस्य जया लुइटेलले तालिममा पत्रकार महिलालाई दक्ष बनाउनका लागि पितृसत्ता,सुरक्षा,शक्ति जस्ता विषय जानकारी गराईएको वताउनुभयो।

तालिममा सहभागी पत्रकारले समुदायमा प्रत्यक्षरुपमा सकारात्मक असर पार्ने समाचार सम्प्रेषण गर्ने वताए। तालिममा मध्यमान्चलका वारा,पर्सा र चितवनका गरी १२ जना पत्रकार महिलाको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चारिका समूह नेपालकी अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: