जिब्रोमै झुण्डिने लप्सीका परिकार (फोटो फिचर)


प्रकाशित मिति :2017-01-01 11:30:55

गाउँघरमा खेर जाने लप्सी संकलन गरी दोलखाका महिलाले अचार बनाई आम्दानी गर्न थालेका छन्। 

सर्मिला बुढाथोकी

लप्सीको मस्याैरा बनाउँदै मिर्गेका महिला

दोलखा। जिल्लास्थित मिर्गे गाविसकी नन्दकुमारी दाहाल हिजोआज कसैले लप्सीको अचारबारे सोधपुछ गर्‍यो भने मख्खै पर्छिन्। नहुन् पनि किन? उनले बनाएको अचारलाई अचार बनाउन सिकाउने प्रशिक्षकले नै जिब्रोमै झुण्डिने स्वादिलो मानेपछि! दाहाल भन्छिन्, ‘सबैले मीठो मानेकोले अब व्यवसायिक रुपमै लप्सीको अचार बनाउने सोचमा छु।’

गाउँघरमा सहजै पाईने लप्सी त्यसै खेर जाने भएपनि अचार बनाएर बिक्री गर्न सकिन्छ भन्ने ज्ञान नहुँदा यसबारे पहिले कसैले चासो नदिएको दाहालको अनुभव छ। लप्सीका परिकारको माग अन्य जिल्लाबाट समेत आउन थालेको उनी बताउँछिन्। ‘अहिले तीन पाथी लप्सीको परिकार बनाएर बेच्न सक्यो भने १० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ। अरु जिल्लामा पनि पठाउन सकियो भने झन् फाइदा हुन्छ,’ उनी भन्छिन्।

 

एक वर्ष अगाडि दोलखाको मिर्गे गाविसका महिलालाई लक्षित गरी काष्ठ कालिढुङ्गा शिवालय लप्सी क्याण्डि प्रसोधन केन्द्रले जिल्ला लघु उद्यम विकास केन्द्र दोलखाको सहयोगमा छ जना महिलालाई लप्सीको अचार बनाउने तालिम दिएको थियो। तालिममा सहभागी केही महिलाले तालिम व्यवसायिक रुपमै अचार बनाउन थालेको शिवालय लप्सी क्याण्डि प्रशोधन केन्द्रका अध्यक्ष ईश्वर दाहालले जानकारी दिए।

‘हामीले तालिम दिएका केही महिला व्यवसायिक रुपमा नै अगाडि बढ्नु भएको छ जसले काम गर्न चाहने अन्य महिलाहरूलाई पनि उत्साहित बनाएको छ,’ उनी भन्छन्। गाउँमा उपलब्ध लप्सी, अमला जस्ता फलबाट विभिन्न परिकार बनाउने र त्यसलाई व्यवसायकै रुपमा लान महिलालाई प्रेरित गर्नुपर्ने उनको भनाई छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: