सम्पतिमाथि दम्पतीको समान अधिकार


प्रकाशित मिति :2017-01-01 12:00:28

महिला खबर
सिन्धुपाल्चोक। जिल्लामा संयुक्त लालपुर्जा अभियान चलेको पाँच वर्षमा सातसय ३० जोडीले श्रीमान् श्रीमती दुवैको नाममा लालपुर्जा लिएका छन्।

जिल्ला भूमि अधिकार मञ्चका अनुुसार जिल्लामा आर्थिक वर्ष २०६८/०६९ देखि श्रीमान् श्रीमती दुवैको नाममा संयुक्त लालपुर्जा बनाउने अभियान सुरु गरिएको हो। मञ्चका कार्यक्रम संयोजक माधव ढकालका अनुसार सम्पतिमाथि दम्पतीको समान अधिकार लागु गर्न उद्देश्यले शुरु भएको यो अभियानका कारण दम्पतीले संयुक्त लालपुर्जा बनाउन थालेका हुन्।
जिल्लामा भूमि अधिकार मञ्चले ‘संयुक्त पुर्जा समान अधिकार, लैङि्गक हिंसामुक्त समाज’ भन्ने अभियान नै चलाएको छ। लैंगिक समानता कायम गर्न, महिलामा सम्पत्तिको पहुँच र स्वामित्व बढाउँदै समान अधिकार स्थापित गर्न संयुक्त लालपुर्जाको भुमिका महत्वपूर्ण रहेको मञ्चका पदाधिकारी बताउँछन्।
उनीहरूका अनुसार महिलाको नाममा सम्पत्ति नहँुदा हिंसामा पर्ने, घरनिकाला, बहुविवाह, दहेज र बोक्सी आरोप खेप्नु पर्ने तथा श्रीमानले सम्पत्ति आफू अनुकूल प्रयोग गर्ने जस्ता समस्या देखिएकोले यसलाई रोक्न सम्पत्तिमा दम्पतीको समान अधिकार आवश्यक भएको हो। श्रीमान श्रीमतीको नाममा सम्पत्ति भएपछि सरसल्लाह हुने र संरक्षणमा समान भूमिका हुने उनीहरूको दाबी छ।
पछिल्लो दिनमा जग्गा, जमिन महिलाको नाममा गर्ने क्रम पनि बढ्दै गएको छ। राजस्वमा २५ प्रतिशत छुट हुने भएकाले महिलाको नामका जग्गा राख्नेको संख्यामा वृद्धि भएको हो।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: