महिला अभिभावकलाई सीपमूलक तालिम


प्रकाशित मिति :2017-01-01 12:43:24

महिला खबर

तालिममा सहभागी

दोलखा । बालबालिकालाई शिक्षामा पहुँच बढाउन, परिवारको आर्थिकस्तर सुर्धानुपर्ने भन्दै भीमेश्वर नगरपालिकास्थित बुढाभिमसेन माविले महिला अभिभावकलाई तीन महिने सिलाई कटाई सम्बन्धी तालिम दिन सुरु गरेको छ ।

विद्यालयका प्रधानाध्यापक राजन कार्कीले अभिभावक रोजगार भएमा बालबालिकालाई पढाउन समस्या नहुने बताउनुभयो । उहाँका अनुसार खासगरि महिला अभिभावक आफ्ना बालबच्चा र परिवार प्रति बढी जिम्मेवार हुने भएकोले उनीहरूलाई तालिमको व्यवस्था गरिएको हो ।
भूकम्पपछि आयआर्जनको विकल्प नभएको समयमा तालिम सञ्चालन गरेको भन्दै अभिभावकले खुशी व्यक्त गरेका छन् ।

तालिममा सहभागी अभिभावक अञ्जु कार्की आफू रोजगार भए छोरा छोरीको पठनपाठनमा टेवा पुग्ने भएकोले तालिममा सहभागी भएको बताउँछिन् । ‘तालिमले सीप सिक्ने र काम गर्न सहज बनाउने आशा छ । काम गर्न पाए बालबालिकाको पढाई र सामान्य घर खर्चलाई समस्या हुने थिएन,’ उनको भनाई छ ।

मिराल वेलफेर फाउण्डेशनको सहयोग तथा ग्रामीण युवा स्वरोजगार केन्द्रको आयोजनामा सञ्चालित सो तालिममा दलित तथा विपन्न समुदायका ६० जना अभिभावकको सहभागिता रहेको छ । तालिममा विपन्न तथा इच्छुक अभिभावकलाई सहभागी गराइएको प्रधानाध्यापक कार्कीले जानकारी दिए ।

फाउन्डेसनले सो विद्यालयमा अध्यनरत दुई सय १० बालबालिकालाई विद्यालय पोशाक तथा झोला समेत वितरण गरेको छ । संस्थाले विद्यालयमा भूकम्पप्रतिरोधी भवन निर्माण गर्न एक करोड १९ लाख आर्थिक सहयोग गरेको र त्यसबाट आगामी चैत्रभित्र भवन निर्माण हुने प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: