महिला राजनीतिकर्मीबाटै महिलामाथि कुटपिट


प्रकाशित मिति :2017-01-01 13:09:42

महिला खबर

टाउकोमा टाँका लगाएपछि घाइते माधबी भट्ट

बैतडी । महिला राजनीति तथा अधिकारकर्मीको कुटाईबाट बैतडीमा एक महिला घाईते भएकी छन् । नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दको कुटाईबाट गुरुखोला ८ की २९ वर्षीया माधबी भट्ट घाईते भएकी हुन् । माधबीको टाउको, मुख, घाँटी र कम्मरमा चोट लागेको छ ।

भट्ट र चन्द दुवै छिमेकी रहेको र घरायसी विवादका कारण बुधबार उनीहरु विच एकआपसमा हात हालाहाल भएको वताईएको छ । सचिव चन्दले कुचोले टाउकोमा हिर्काउँदा टाउकोमा ठुलो घाउ भएको हो । घाईते भट्टको टाउकोमा ५ टाका लगाईएको छ । चन्दको हातमा पनि सामान्य चोट लागेको छ । चन्दले आफूलाई पटक पटक कुटपिट गर्ने गरेको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

घाईते भट्टले दिएको उजुरीमा चन्दको घरमा काम गर्दै आएका एक जना कामदार छेउमै रहेको भटट्को घरमा गएर उनको परिवारसँग वोलेको विषयमा चन्दले किन गएको भन्दै गाली गर्न थालेपछि विवाद सृजना भएको उल्लेख छ । यसअघि पनि पटक पटक झगडा हुने गरेको र वोलचाल नै वन्द भएको अवस्थामा आफ्नो कामदार उनीहरूसँग कुरा गरेको देखेपछि चन्दले कामदारलाई के खुवाउँछन्, किन जान्छस भनेर गाली गरेको र त्यसैवाट झगडा सुरुवात भएको उजुरीमा भनिएको छ ।

यस्तै  चन्दले धारामा पानी भर्न नदिने, वाख्रा फुकालेर वारीमा छो्ड्ने, साग तरकारी खुवाईदिनेलगायतका हर्कत गर्दै आएकी चन्दले यसअघि पनि आफूलाई निहुँ खोजेर वेला वेला कुट्ने गरेको भटट्ले वताएकी छिन् । यसअघि पनि तिनपटक स्थानीय प्रहरी चौकीमा तीन पटक उजुरी परेको र मिलापत्र गराएर घर गएको भएपनि चन्दले आफू आफ्नो परिवारमाथि दमन गर्न नछोडेको भट्टको भनाई छ ।

उनले आफूमाथि राजनीति र ।महिलाअधिकारकर्मीबाटै अन्याय भएको भन्दै आवश्यक कार्वाहीका लागि माग गरेकी छिन् । न्यायका लागि प्रहरी गुहार्दा पनि ‘प्रहरीले मिलापत्र मात्रै गराउन खोज्ने गरेको तथा मेरो पक्षमा कसैले नवोलेको उनको भनाई छ । यता कुचोले हिर्काउने महिला अधिकारकर्मी कान्ता चन्दले आफूलाई दिनहुदिन बिभीन्न किसिमका अपच शब्द प्रयोग गरेर गालीमात्र गर्ने भएकाले आफूले सहन नसकेर हिर्काएको बताइन् ।

एउटै ठाउँमा उनीहरूको घरभएकाले साँझबिहान जहिलेपनी कचकच गर्ने आफूलाई गाली गर्ने भएकाले आफूले सहन नसकेको चन्दको दावी छ । जिल्ला प्रहरी कर्यालयका अनुसार दुवै पक्षसँग घटनाको बारेमा सोधपुछ भैईरहेको छ । पीडित भट्टकी आमा नन्दादेवी भट्टले महिलाका लागि वकालत गर्ने महिलाबाटै महिला हिंसा हुनु दुखद भएको भन्दै घटनाको छानवीन गरी दोषीलाई तत्काल कार्वाही गर्ने माग गरिन् ।

नेपाली काँग्रेस पुर्व महासमिति सदस्य समेत रहेकी नेपाल महिला संघको केन्द्रिय सदस्य चन्दले आफूमाथि गलत लान्छाना लगाउने गरेको र अश्लिल गालीगलौज गरेकाले आक्रोशमा उनीमाथि कुटपिट गरेको स्वीकार गरेकी छन् । माधवीले आफ्नो चरित्र हत्या गर्ने गरी गलत आरोप लगाउन थालेको र सम्झाउँन खोज्दा उल्टै हातमा दांतले टोकिदिएपछि आफूले प्रतिकार गर्न खोज्दा चोट लागेको उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: