हिंसा पीडितले लिन थाले आर्थिक सहयोग


प्रकाशित मिति :2017-01-02 14:25:01

पार्वती पाण्डे

कपिलवस्तु । लैंगिक हिंसा पीडितले महिला तथा वालवालिका कार्यालयबाट आर्थिक सहयोग लिन थालेका छन् । हिंसामा परेका विपन्न महिलाले स्वास्थ्यदेखि न्यायिक उपचारका लागि लाग्ने यातायात खर्च र औषधी उपचार खर्च बापत आर्थिक सहयोग लिन महिला तथा वालवालिका कार्यालयमा आउन थालेको कार्यालयले जानकारी दिएको छ । सरकारले उक्त कार्यालयका लागि लैंगिक हिंसा निवारण कोष अन्तरगत सो बजेटको व्यवस्था गरेको छ । सो कोष आर्थिक वर्ष ०६८/०६९ मा स्थापना गरिएको हो ।

कार्यालयका अनुसार उक्त रकम लिनेमा श्रीमान्, घर परिवार र छिमेकीबाट हिंसामा परेका महिला रहेका छन् । चालु आर्थिक वर्षमा सहायता रकम पाउनका लागि २० जना महिलाले कार्यालयमा निवदेन दिएका छन् । तर, कोषको बैठक बस्न नसकेकाले छ महिनादेखि पीडितले उक्त रकम पाउन सकेका छैनन् । कार्यालय प्रमुख कमला पौडेलले प्राविधिक कठिनाईले वैठक बस्न नसकेको बताउदै अब छिट्टै हिंसा पीडितलाई आर्थिक सहयोग उपलब्ध गरिने बताउनुभयो ।

गत वर्ष हिंसा पीडित २३ जनालाई कुल एक लाख १८ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको कार्यालयका लेखा अधिकृत वेचन प्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कोषमा ६४ हजार तीन सय ७२ रुपैयाँ सञ्चित छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: