गार्मेण्ट, कपडा पसल हुँदै स्थानीय विकास अधिकारी : सीता परियार


मुख्य सचिव वन्ने लक्ष्य

प्रकाशित मिति :2017-01-02 15:28:19

सीता परियारको लक्ष्य मुख्यसचिव वन्ने छ । अवको दुई वर्षमा सहसचिवको परीक्षा दिने तयारीमा उनी छन् । ‘उमेर छ, वढुवा भएरै पनि सचिव त हुन्छु नै, तर मेरो लक्ष्य मुख्य सचिव वन्ने हो’ उनी भन्छिन् ।                                                                   

लिलाराज भट्टराइ
सुनसरी । कास्कीको रुपाकोट गाविस फालभञ्ज्याङको विपन्न दलित परिवारमा ३९ वर्षअघि एक छोरीको जन्म भयो । लुगा सिलाएर आठ जनाको परिवार धान्नुपथ्र्यो त्यो परिवारका मुलीले । तीनजना दाजु र एकजना दिदीपछि जन्मिएकी तीनै महिला स्थानीय विकास अधिकारी भएकी छन् । उनी हुन् सीता परियार ।

२०६८ सालमा अधिकृतमा नाम निकालेर नेपाल ट्रस्टको कार्यालयवाट सरकारी जागिरको यात्रा सुरु गरेकी परियारले तीन वर्षमै उपसचिवमा नाम निकालिन् । दोलखा जिल्लामा पाँच महिना स्थानीय विकास अधिकारी भएकी सीता परियार अहिले पूर्वी नेपालको भोजपुर जिल्लामा गत मंसिर तीन गतेदेखि स्थानीय विकास अधिकारीका रुपमा कार्यरत छन् । यसअघि उनले सँघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहायक प्रवक्ता भएर पनि काम गरिसकेकी छन् । “भोजपुर जिल्लाको विकासमा मन वचन र कर्मले लाग्नेछु” पद वहालपछि उनले भनिन् ।

विपन्न परिवारमा जन्मिएकी सीता परियार स्थानीय विकास अधिकारी वन्नुमा उनको लगन, दृढ निश्चय र देशका लागि केही गरेर देखाउने प्रतिज्ञाले काम गरेको छ । उहाँले आफूलाई सरकारी अधिकृतका लागि योग्य वनाउन धेरै मेहनत गर्नुभएको छ । अत्यन्तै कष्टपूर्ण समयमा पनि बिचलित नभई अघि वढनुभएकै कारण एकपछि अर्को सफलताको ढोका खुल्दै गएको छ ।

सुकघरी परियार र डम्वरकुमारी परियारकी माहिली छोरी सीता परियारले गाउँकै चन्द्र प्रवाह मावि रुपाकोटवाट एसएलसी गरिन् । त्यसपछि पोखरास्थित पृथ्वी नारायण क्यामपस पढदा उनको विवाह भयो । सानैदेखि पढाइमा अब्बल सीता पढाइलाई अघि वढाउन चाहन्थिन् । विहेपछि पढ्न नपाइएला की भन्ने उनलाई ठूलो चिन्ता थियो । तर श्रीमान शिक्षित भएका कारण उनले अगाडी पढ्ने अवसर पाइन् । पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययन अघि वढाउँदै गर्दा उनको छोरो जन्मियो । पढाई खर्च धान्न उनी गार्मेन्टमा काम गर्न थालिन् । विहान कलेज पढ्ने दिउँसो काममा जाने । सानो वच्चा भएपछि उनलाई समस्या भयो । तर समस्यासँग डराएर हतोत्साही चाहिँ भइनन् ।

सानो वच्चालाई काखी च्यापेरै उनी काममा गइन् । उनी भन्छिन् “पढाई, खानेवस्ने,वच्चा हुर्काउने पैसाको जोहो गर्न मैले काम नगरी पुग्दैनथ्यो त्यसैले धेरै दुःख गरेरै भएपनि पढाइलाई भने रोकिनँ ।” पृथ्वी नारायण क्यामपसवाट प्रविणता प्रमाणपत्र तह उर्तीण गरेपछि उच्च शिक्षा अध्ययनका लागि उनले काठमाडौं जाने निधो गरिन् ।

श्रीमानले पनि शिक्षकको जागिर छोडिसकेका थिए । एक वच्चाका साथ उनीहरू काठमाडौं आए । काठमाडांैमा पदमकन्या कलेजमा पढाई सुरु गरिन् । पढाइ खर्चको समस्या हुन थालेपछि उनले एउटा कपडा पसलमा लुगा सिलाउने काम गर्न थालिन् । त्यहि वेला फेरी अर्को वच्चा भयो । एकातिर सानो वच्चा, अर्कातिर कपडा पसलको जागिर, त्यही वेला परीक्षा पनि । हिम्मत नहारी जस्तोसुकै परिस्थितिमा पनि पढाइलाई निरन्तरता दिने निधो उनले गरिन् । १८ दिनकी सुत्केरी उनी वच्चा वोकेरै परीक्षा दिन गइन् । अर्को कोठामा राखेको वच्चा रोएपिच्छे दुध चुसाउँदै परीक्षा दिइन् । कठिनाई र चूनौतिसँगको उनको संघर्ष पराजित भएन । संघर्ष गर्दै उनले स्नातक तह पुरा गरिन् । यहिवीचमा उनले केयर नेपाल महोत्तरीमा सात महिना जागिर खाइन भने स्नातक तह उर्तीण गरेपछि नेपाल राष्ट्रिय दलित कल्याण संघ नेपालगन्जमा अधिकृतस्तरमा काम गरिन् ।

जीवन केही सजह हुँदै गयो । उनलाई सरकारी सेवामा प्रवेश गरेर देशको सेवा गर्ने सानैदेखिको इच्छा थियो । शाखा अधिकृतका लागि तयारी सुरु गरिन् । सफल पनि भइन् । लोकसेवा परीक्षामा अव्वल ठहरिएर सरकारी अधिकृत भएकी उनको सरकारी जागिरको यात्रा नेपाल ट्रस्टको कार्यालयवाट सुरु भयो । उनलाई त्यतिले मात्र चित्त वुझेन । उनले सफलताका हरेक ढोका ढकढक्याउन छोडिनन् । खुल्ला तर्फवाट उपसचिवका लागि तयारी थालिहालिन् । अधिकृत भएको तीन वर्षमै उनी उपसचिव भइन् । उपसचिव भएपछि उनको पोष्टिङ् स्थानीय विकास अधिकारीका रुपमा दोलखामा भयो । गत मंसिरदेखि भोजपुर जिल्लाको ३२ ‍औं स्थानीय विकास अधिकारीका रुपमा सीता परियार स्थानीय निकाय हाँक्दै छन् । भोजपुरमा यसअघि महिला स्थानीय विकास अधिकारी आएका थिएनन् । सीता परियार देशकै छैटौं महिला स्थानीय विकास अधिकारी हुन् ।

मुख्य सचिव वन्ने लक्ष्य
सीता परियारको लक्ष्य मुख्यसचिव वन्ने छ । अवको दुई वर्षमा सहसचिवको परीक्षा दिने तयारीमा उनी छन् । भन्छिन् ‘उमेर छ, वढुवा भएरै पनि सचिव त हुन्छु नै, तर मेरो लक्ष्य मुख्य सचिव वन्ने हो ।’ ‘महिला मुख्य सचिव देशको पनि माग हो’ उनी थप्छिन् ।

सफलताको कारण
सीता परियार कुनैपनि व्यक्ति कुनै पनि क्षेत्रमा सफल वन्न उसमा दृढ आत्मविश्वास हुनुपर्नेमा जोड दिन्छिन् । भन्छिन् “म मा सरकारी जागिरको उपल्लो पदसम्म पुग्ने सानैदेखि आत्मविश्वास थियो त्यसैले जस्तोसुकै कठिन परिस्थितिमा पनि अध्यनलाई रोकिनँ ।’ मेरो घर र माइती दुवैतिर विपन्न र साक्षर मात्र भएपनि उनीहरुको बलियो साथ पाएर आफू यहासम्म आइपुगेको उनी बताउँछिन् ।

‘वुवा आफू नपढेर पछि परेको हुँदा छोरीलाई पढाएर अघि वढाउने सोचको हुनुहुन्थ्यो, घर तिरवाट पनि वुहारीलाई काममा लगाउने भन्दा पनि कलेज गएर पढने वातावरण पाएँ, त्यसैले अघि वढ्न सम्भव भयो’ उनले भनिन् । आफूले दुःख गरेर लामो समय सिलाइको काम गरेपनि पढाइ अनुसारकै जागिर खान चाहेको उनले स्पष्ट पारिन् । त्यसैले पनि गर्भवति हुँदा होस या सुत्केरी हुँदा, पढ्न कहिल्यै नछोडेको उनी बताउँछिन् । उनी जहाँ जाँदा पनि किताव साथमै लिएर जान्थिन् । आत्मविश्वास,दृढ इच्छाशक्ति,लगनशिलता भए सफलता हात पार्न सकिने उनको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: