जग्गामा स्वामित्व लिँदै महिला


प्रकाशित मिति :2017-01-02 16:52:09

पार्वती पाण्डे


कपिलवस्तु । कपिलवस्तुका महिलाले जग्गामा आफ्नो स्वामित्व लिन थालेका छन । जिल्ला मालपोत कार्यालयमा उक्त तथ्यांक हेर्न सकिन्छ । पछिल्ला दिनमा महिला अधिकार प्रति सचेत वन्दै गएको देखिन्छ । कतिपयले भने जग्गा पास गर्दा छुट हुने भएपछि महिलाको नाममा पास गर्ने गरेको पनि देखिन्छ । कार्यालयका तथ्यांक हेर्दा ०७१/ ७२ मा ७ हजार ४ सय १२ जना महिलाले सरकारले दिएको २५ प्रतिशत छुटमा जग्गा आफ्नो नाममा लिएका छन् । त्यस्तै १ सय ८ दलित जनजातीले सो सुविधा उपभोग गरेको पाइएको छ । ३३ जना वृद्धले पनि सो सुविधा लिएका छन । जम्मा ३२ हजार ८ सय ९७ ले लिखत पास गरेको तथ्याङ्क छ ।

कार्यालयमा २०७२/७३ मा कुल १८ हजार २ सय ४१ ले लिखत पास गरेका छन् । जसमध्ये ६ हजार ९ सय ८५ महिला छन् । २०७३/७४ मा कुल ७ हजार ३ सय ३८ ले सेवा लिएका छन । २ हजार २ सय ८८ जना महिलाले आफ्नो नाममा जग्गा पास गरेका छन । त्यस्तै ९७ दलित , जनजातीले लिखत पास गरि सो सुविधा उपभोग गरेको कार्यालयले जनाएको छ ।

अपांगले छुटको सुविधा लिएनन्
कार्यालयमा हालसम्मको तथ्यांक हेर्दा अपांगता भएका व्यक्तिले भने आफ्नो नाममा जग्गाको स्वामित्व लिन नसकेको पाइएको छ । सरकारले दिएको सुविधा पनि उनीहरूले लिन नसकेको तथ्यांक कार्यालयमा छ । यस वारे जिज्ञासा राख्दा मालपोत अधिकृत ईश्वरी प्रसाद शर्माले सरकारले दिने भनेको छुट दिएको र सेवा लिन कार्यालयमा आउनुपर्ने वताउनुभयो । राजनैतिक दल, स्थानिय निकायले पनि उनीहरूले पाउने सेवाका वारेमा गाउँ गाउँमा जानकारी गराउनुपर्ने उहाँले स्पष्ट पार्नु भयो ।

लोकतान्त्रिक अपांग संघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपांगले राज्यले दिएको सेवा लिन नसक्नु दुखद रहेको प्रतिक्रिया दिनुभयो । अपांगले थाहा नपाएका कारण पनि सेवा लिन नआएको हुनसक्ने भन्दै सेवाका वारेमा सवैले प्रचार प्रसार गर्नुपर्ने धारणा उहाँको भनाइ थियो ।

नेपाल सरकारले महिला , दलित , जनजाती , वृद्धहरुको जग्गा पासमा २५ प्रतिशत छुट दिएको छ । यो आर्थिक वर्षदेखि थप सुविधा पाउने भएका छन् । विगतमा ५ वर्ष भित्रमा जग्गा वेचेमा २५ प्रतिशत छुट नपाउने प्रावधानलाई यस आर्थिक वर्षदेखि हटाईएको छ । यो प्रावधान हटेपछि २५ प्रतिशत छुट पाउनेले जग्गा किनवेच गर्दा समय पर्खिनुपर्ने वाध्यता हुने छैन । जतिखेर किनवेच गरेपनि उनीहरूले सो सुविधा पाउने छन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: