महिला पत्रकारका लागि अक्षय कोष स्थापना


प्रकाशित मिति :2017-01-03 15:15:28

सृजना अर्याल

चितवन। नारी अभ्युदय केन्द्र नारायणगढकी संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठले आफ्नी सासु र बज्यै सासु आमाको नाममा महिला पत्रकार लागि १ लाख ११ हजार १ सय ११ को अक्षय कोषको घोषणा गर्नुभएको छ। केन्द्रले सोमवार आयोजना गरेको रजतमहोत्सवमा संस्थापक श्रेष्ठले सो कोषको घोषणा गर्नु भएको हो । श्रेष्ठले आफू सासु विष्णु देवी श्रेष्ठ र बज्यै बालकुमारी श्रेष्ठको प्रेरणाले सामाजिक क्षेत्रमा सकृय हुन सकेको भन्दै दिवंगत उहाँहरूको नाममा अक्षयकोष स्थापना गरेको बताउनुभयो। यो कोषबाट आएको व्याजले प्रत्येक वर्ष एकजना पत्रकार महिलालाई पुरस्कृत गरिने छ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले केन्द्रले महिला शसक्तिकरणमा टेवा पुर्‍याएको भन्दै संस्थाले नाम अनुसारको काम गरेको बताउनुभयो । उहाँले समाज परिर्वतनमा महिला पुरुषको समान सहभागिता, जवाफदेहिता र उतरदायित्व हुनुपर्ने समेत औंल्याउनुभयो।

कार्यक्रममा भरतपुर उपमहानगरपालिकाकी सूचना अधिकृत मेनका पण्डित, उपसंयोजक सरस्वती रिजाल, सल्लाहकार शरदरञ्जन श्रेष्ठ , केन्द्रकी पुर्व अध्यक्ष रजनी मास्केलेलगायतले बोल्नु भएको थियो। महोत्सवमा रुप र धनले होइन शीप र प्रतिभाले अरुलाई जितौं भन्ने नारासहित विभिन्न कार्यक्रम गरिएका थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: