के हो यौन र प्रजनन स्वास्थ्य अधिकार?


प्रकाशित मिति :2017-01-03 15:34:05

महिला खबर
एजेन्सी। यौन र प्रजनन स्वास्थ्य विश्वव्यापी अधिकारको एक महत्वपुर्ण तत्व हो जसलाई मानव अधिकार विश्वव्यापी घोषणा पत्र र अन्य मानव अधिकारका सम्मेलन, घोषणा तथा सहमतिहरुमा प्रतिष्ठापित गरिएका छन्। राज्यद्धारा महिला तथा पुरुष दुवैको यौन र प्रजनन स्वास्थ्य आवश्यकता पुरागरिनु पर्दछ। मानव अधिकारका मापदण्ड अनुसार हरेक राज्यले हरेक व्यक्तिको यौन र प्रजनन स्वास्थ्य अधिकारको ईज्जत, संरक्षण र पुर्ति गर्नुपर्छ। हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सुधार सँग सम्बन्धित कार्यक्रमहरुमा सहभागि हुन पाउने देखि लिएर बच्चा जन्माउने वा नजन्माउने / कहिले जन्माउने र शिशुको जन्म भइसकेपछि शिशुको उचित पालनपोषण कसरी गर्ने, त्यस सम्बन्धि आवश्यक जानकारी र उचित शिक्षा पाउनु पर्दछ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली, यससको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो। मानिस प्रजनन रुपमा पुर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरु ठीक,सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण,अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी छ।

यौन र प्रजनन स्वास्थ्य सुरक्षामा पहुँच र जानकारीका साथै यौन र प्रजनन सम्बन्धि आफुले निर्णय गर्न पाउनु यौन र प्रजनन स्वास्थ्यमा पर्दछ। यौन र प्रजनन स्वास्थ्य- विश्वव्यापी ( अर्थात विश्वका जुनसुकै ठाँउमा पुगेपनि यस अधिकारको सुरक्षा हुनु पर्दछ), नितान्त व्यक्तिगत (हरेक व्यक्तिले पाउनै पर्ने) र अस्विकार गर्न नमिल्ने ( कसेले चाहेको आधारमा अस्विकार गर्न नमिल्ने) अधिकार हो। यस्ता अधिकारहरु अन्य महत्वपुर्ण अधिकारहरुमा आधारित गरिएका हुन्छन जस्तै- स्वास्थ्य अधिकार, भेदभाव रहितहुन पाउन अधिकार, गोपनियताको अधिकार, दुर्व्वहार तथा यातना रहितहुन पाउन, अधिकार कति बच्चा जन्माउने तथा बच्चामा कति जन्मान्तर राख्ने भन्ने निर्धारण गर्न पाउने र यौन हिसां रहितहुन पाउने अधिकार। यस अधिकारले आफ्नो शरिर माथिको नियन्त्रणलाई पनि सुरक्षित गर्दछ। कुनै पनि जोडी वा दम्पतीले आफूले चाहेको परिवार नियोजनका विविध साधन र विधिहरुको निर्वाध छनोट एवं उपयोग गर्न पाउने अधिकार प्रजनन स्वास्थ्यभित्र पर्दछ । यसका साथै गर्भवती अवस्थामा कम्तीमा चार पटक भु्रणको जाच, कानुनी मापदण्ड अनुसारको गर्भपतन सेवा, वैज्ञानिक प्रसूति सेवा, संक्रमित आमाबाट गर्भमा रहेको शिशुमा एचआईभी सर्न रोक्ने विधि सेवा, मातृशिशु खोप एवं उपचार सेवा, सुत्केरीपछिको स्याहार र उपचार जस्ता सेवाहरुलाई प्रजनन् स्वास्थ्यले समेटेको हुन्छ साथै कसैले कहिलै गर्भवतिहुन चाहदैन भने पनि त्यस निर्णयको सम्मान यस अधिकारले गर्दछ।

१९९४ मा ईजिप्टको कायरोमा भएको सम्मेलनमा जनसंख्या र विकास कार्यक्रममा अर्न्तगत यौन र प्रजनन स्वास्थ्य अधिकार (Sexual and reproductive rights- SRR) लाई स्पष्ट व्याख्या गरिएको छ। उक्त कार्यक्रममा समेटिएका मुख्य बुदाँहरु यस प्रकार रहेका छन्:
1. स्वेच्छिक , जानकारी गराइएको र सहज -परिवार नियोजनका सेवा तथा सुविधाहरु।
2. शिशु जन्मिनु पुर्वको सुरक्षा, सुरक्षित मातृत्व र शिशु स्वास्थ्य र शिशु जन्म पश्चात तालिम प्राप्त स्वास्थ्यकर्मिबाट सल्लाह।
3. यौन रोगहरुको उपचार तथा रोकथाम (जस्तै- एच आई भि र एड्स)।
4. यातना लगायत अन्य महिला हिसां विरुद्ध रोकथाम र सुरक्षा।
5. सुरक्षित र सहज गर्भपतन र गर्भपतन पश्चात हेरचाह साथै कानुनि सल्लाह।
6. यौन स्वास्थ्य सम्बन्ध जानकारी शिक्षा कानुनि सल्लाह जसले व्यक्तिगत सम्बन्धलाई र जिवनलाई गुणस्तरिय बनाउन मदत गरोस्।
यौन र प्रजनन स्वास्थ्य पुर्तिहुनका लागि वालविवाह तथा जबरजस्ती हुने विवाह रोकिनु आवश्यक हुन्छ र प्रजनन स्वास्थ्य सम्बन्धि योजना र कार्यान्यनमा किशोर तथा किशोरीहरुलाई सहभागी गराईनुपर्दछ।

प्रजनन स्वास्थ्य विषय स्वास्थ्य क्षेत्रसँगमात्र सम्बन्धित नभएर अन्य विविध क्षेत्र सँग पनि सम्बन्धित छ। गरिबि, लैङ्गिक विभेद र असमानता, समाजिक अन्याय सिमान्तकरण र अविकाशिलता जस्ता तत्वहरुले प्रजनन स्वास्थ्यलाई असर गर्दछ।

यौन र प्रजनन स्वास्थ्य क्षेत्रलाई सुधार गर्न दिगो विकास आयोजनाले स्वास्थ्य शिक्षा र लैङ्गिक समानता जस्ता विभिन्न लक्षहरु तोकेको छ। दिगो विकास आयोजनाले २०३० सम्ममा मातृमृत्युदर दुई तिहाईले झार्ने उद्देश्य राखेको छ तर जहिले सम्म महिलाले सुरक्षित गर्भपतनमा पहुँच पाउँदैन तब सम्म मातृ शिशु मृत्युदर कम गर्न सकिदैन त्यसैले दिगो विकास आयोजनाले विश्वको हरेक क्षेत्र र राष्ट्रका गरिब समुदाय, युवा र जोखिमपुर्ण अवस्थामा रहेका महिला तथा किशोरीहरुमा सुरक्षित गर्भपतन र अन्य गर्भनिरोभक योजनाबारे पहुँच पुर्यावउने द्देश्य राखेको छ।

नेपालले प्रजनन स्वास्थ्यलाई मान्यता दिने विभिन्न संयन्त्रहरु- आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मा अन्तर्राष्ट्रिय महासन्धि (ICESCR), नागरिक र राजनीतिक अधिकार मा अन्तर्राष्ट्रिय महासन्धि (ICCPR) , यातना विरुद्धको महासन्धि (CAT) र अन्य CEDAW, CERD, CRC ,CRPD, ICPD (PoA), BPfA & MDGs अनुमोदन गरिसकेको छ। नेपालले २०१५ मा निशुल्क गर्भपतन सेवाको घोषणा गरिसेको भएतापति कार्यान्वय भने बाकिनै रहेको छ। नेपालमा मात्र ३८ प्रतिशत महिलालाई निशुल्क गर्भपतन सेवाबारे जानकारी भएको नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भे २०११ ले जनाएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: