एकतामा बल छः जुटेर अन्यायविरुद्ध लडौं


प्रकाशित मिति :2017-01-03 16:01:45

पार्वती पाण्डे

कपिलवस्तु । पछिल्लो समयमा समाजमा हुने विभेद तथा अन्यायमा परेका महिलाले आफ्ना कुरा खुलेर राख्न थालेका छन् । केहीवर्ष अघिसम्म घुम्टो भित्र लुकेर बस्ने मधेशी महिला अहिले नडराई आफ्ना कुरा राख्ने भएका छन् । जीवनमा आइपर्ने जुनसुकै समस्यालाई अब खुलेर सामाना गर्न सक्ने उनीहरू बताउँछन् ।

कपिलवस्तुको पश्चिमी भेगका महिलाले पाएका विभिन्न तालिमहरूले उनीहरूको आत्मविश्वास बढेको पाइएको छ । मधेशी, पहाडी, मुस्लिम, थारुलगायतका समुदायका महिलाले गाँउमा हुने समस्या र अघि बढ्न पाएको श्रीमानको साथ, श्रीमानले रक्सी खाएर महिलालाई दिने यातना, सासुको आपत्ति, नन्दका कुरा विना हिच्किचाहट राख्छन् ।

घरभित्रबाट बाहिर निस्कन नपाउने घुम्टो भित्र सारा जीवन बिताइ रहेका कतिपय मधेशी महिला सामाजिक काममा सक्रिय भएका छन् । मुना गुप्ता (नाम परिवर्तन) बिहे भएपछिका २० वर्ष घुम्टो भित्र बसिन् । उनी भन्छिन् –कोही नभएका बेला यसो घुम्टो खोलेर भित्र बस्यो भने पनि सासुले सबैलाई देखाउँदै हिँड भनेर गाली गर्नुहुन्थ्यो ।’ तर अहिले त्यो बेलाको समय र अहिलेमा आकाश र पातालको फरक भएको उनको अनुभव छ ।

आफ्नो श्रीमान आफूलाई बुझने पाएको उनी गर्व गर्छिन् । ‘मलाइ कहिले गाली गर्नु भएन,मेरो छोरा बिहे भएको १० वर्षपछि जन्म्यो। यो बेला पनि उहाँ मलाई सम्झाउनुहुन्थ्यो, उनले भनिन्, उस्तै श्रीमानले अर्को बिहे गरी सक्थे, तर उँहाले त्यस्तो गर्नुभएन, मलाइ उपचार गराउन धेरै ठाउ पु¥याउनु भयो ।’ सासुले छोराछोरी नहुँदा अर्को बिहे गर भनेर आफ्नो श्रीमानलाइ कति पटक दबाव दिएको उनी सम्झिन्छिन्, तर श्रीमान नमानेको उनको भनाइ छ ।

‘घरमा सासु, ससुरा, नन्दले पनि केही भन्दा म चुप्पै लागेर बस्थें, डराउँथें तर अहिले मेरो गल्ती नभएको ठाउँमा बोल्ने गर्छु, सम्झाउछु उँहाहरूलाई’ मुना भन्छिन्

त्यस्तै गाउँका समस्या समाधानका लागि महिला एकिकृत हुन पनि जरुरी हुने जनजागृति महिला समूहकी मिना अग्रहरी बताउँछिन् । ‘समस्या समाधानका लागि २÷३ जना महिला पुरुष जुवातास खेलेको ठाउँमा अथवा जाँड रक्सी खाएको ठाउँमा गएर बोलेमा उल्टै उनीहरूलाई धम्क्याएर पठाउने गर्छन्, त्यसका लागि महिला एकिकृत हुनपनि जरुरी छ’ अध्यक्ष अग्रहरी भन्छिन् । गाउँमा अहिलेपनि पुरुषहरू दिनभरि जुवातास खेलेर बस्ने र काम गर्ने अन्य पुरुषलाई समेत फोन गरेर बोलाउने गरेको भन्दै यसलाई नियन्त्रण गर्न नसकेकोमा उनी दुखित छन् ।

महिलाका बारेमा जति आवाज उठेपनि यसअनुरुप सशक्त हुन नसकेको उनको अनुभव छ । त्यसैले आफ्ना कला, श्रम, सीपले सम्पन्न भएर पनि महिलाहरू राज्यको मुलधारबाट पाखा पारिएको उनी बताउँछिन् ।

समाजमा रहेको लैङ्गिक विभेद न्युन हुन नसकेको अधिकारकर्मी मिना परियारको भनाइ छ । भन्छिन् ‘सामाजिक सशक्तिकरणमा महिला अगाडि आउने गरेका छन्, अव आर्थिक र राजनैतिक रुपमा महिलालाई अगाडि ल्याउनु आवश्यक छ ।’

नेतृत्वमा महिला नहुँदासम्म महिलामाथि हिंसा भैरहने इन्सेक प्रतिनिधि नन्दराम पौडेलको विचार छ । भन्छन् – ‘महिला राजनैतिक नेतृत्वमा आउनुपर्छ , किन कि पहुँच दलमै छ ।’

नेकपा एमालेका नेता विमला घिमिरे राजनैतिक दलहरूले पनि महिलालाई नेतृत्वमा ल्याउन पहल गर्नु पर्ने बताउँछिन् । ‘सक्रियता , अध्ययनशील र अवसर महिलालाई खाँचो छ’ उनले भनिन् ।

महिला तथा वालवालिका कार्यालयका प्रमुख कमला पौडेलले सवै प्रकारको सशक्तिकरण हुनका लागि सवैको सहयोग आवश्यक भएको बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: