पाँच महिनामा दसजना गर्भवतीको मृत्यु


प्रकाशित मिति :2017-01-03 16:32:21

महिला खबर
नेपालगन्ज । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म १० जना गर्भवतीको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जका अनुसार मृत्यु हुनेमा निम्न तथा मधेसी मूलका बढी छन् । गतवर्ष २० जनाको सुत्केरी हुने क्रममा मृत्यु भएको थियो ।

गत वर्षको तथ्याङ्कभन्दा यस वर्षको साढे पाँच महिना मै १० जनाको ज्यान जानु मातृ मृत्युदर बढेको मान्नुपर्ने मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता जोशी भण्डारी बताउनुहुन्छ ।

बाँकेमा आमा बचाउ अभियान कार्यक्रमको सोमबार उद्घाटन गर्नुहुँदै क्षेत्रीय स्वास्थ्य निर्देशक भण्डारीले भन्नुभयो, “आमाले यो समयमा उचित परामर्श लिन नसक्नु र अन्तिम अवस्थामा मात्रै अस्पताल आउनुले पनि मातृमृत्युदर बढेको हो ।”

सोमबारदेखि सुरु भएको अभियानले ग्रामीण क्षेत्रका महिलालाई गर्भवती जाँच, नवजात शिशु स्याहारलगायतका विषयमा सचेतनामूलक कार्य गर्ने भएको छ ।

उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँके जिल्लामा सुविधा सम्पन्न र प्रशस्त मात्रामा अस्पताल तथा स्वास्थ्य चौकी भएर पनि मातृ मृत्युदर बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो अभियान जिल्ला जनस्वास्थ्यको मात्र कार्यक्रम हो भनी नसोचेर सम्पूर्ण तह तप्काका व्यक्तिले आफूले गर्नुपर्ने कामको जिम्मेवारी लिनुपर्छ ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: