टहरामा बस्ने सुत्केरी तथा बालबालिकालाई चिसोका कारण कष्ट


प्रकाशित मिति :2017-01-04 10:41:17

सर्मिला बुढाथोकी

सीता के.सी तीन महिनाको बच्चासँग हिउँले ढाकेको टहरामा

दोलखा । रातभरी हिमपात हुन्छ, विहान सितले ओछ्यान छपक्कै भिजाउँछ त्यसैले यो टहरामा बच्चालाई सुरक्षित राख्नै मुश्किल भयो – दोलखा झिगानेकी २३ वर्षीया सीता के.सी श्रेष्ठले टहरामा बस्नु परेको पीडा सुनाउँदै भनिन् ।

केही दिनदेखि दोलखाको उच्च पहाडी तथा हिमाली भेगमा लगातार हिमपात हुन थालेपछि भूकम्पका कारण टहरामा बस्न बाध्य सुत्केरी महिला तथा बालबालिका पीडित बनेका छन् । तीन महिनाको बच्चा लिएर टहरामा बस्दै आएकी सीता चिसोका कारण तीन पटक निमोनिया भै सकेको बच्चालाई लगातारको हिमपातले झन समस्या बनाएको गुनासो गर्छिन् । सरकारले दिएको अनुदानको पहिलो किस्ता लिई सकेकी सीता थप रकम नभएकोले घर बनाउन समस्या भएको र टहरामा बस्दा बच्चा पटक पटक विरामी पर्ने समस्या बेर्होनु परेको बताउँछिन् ।

हिमपात बढी हुने दोलखाको लाकुरीडाडा गाविसमा मात्र झण्डै ७० जना सुत्केरी महिला रहेको र उनीहरू सबैको अवस्था चिसोका कारण पीडादायी बनेको गाविस सचिव तीर्थ घिमिरे बताउँछन् । चिसोका कारण समस्यामा परेको सुत्केरी महिला तथा बालबालिकालाई गाविसले खासै सहयोग गर्न नसकेको र अन्य कुनै निकायबाट पनि सहयोग प्राप्त हनु नसकेको सचिव घिमिरे बताउँछन् ।

खरीढुङ्गाकी उत्तरा श्रेष्ठ हिमपात सुरु भएपछि हिउ पन्छाउँदै भित्र बाहिर गर्नुपर्ने, जस्ताको छाना र चित्राको बार भएको टहरामा हिउँको छिर्का तथा शीतले विछ्यौना समेत भिजाउने भएकाले समस्या भएको गुनासो गर्छिन् । हिमपातको बेलामा सुत्केरी तथा बालबालिकालाई बढी समस्या हुने गरेको र अधिकांश बालबालिका निमोनिया, रुघा खोकी जस्तो विरामीको सिकार भएको उत्तराले बताईन् ।

दोलखाको कालिञ्चोक, चेर्दुङ, खावा, खरीढुङ्गा, शैलुङलगायतको उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातारको हिमपातको कारण टहरामा बसेका अधिकांश भूकम्प पीडितहरू चिसोका कारण समस्यामा परेका छन् । हिमपातपछि चिसो बढेकोले अस्पतालमा निमोनिया, रुघा खोकीका विरामीको संख्यामा अत्यधिक बढेको चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: